• होमपेज
  • समाचार
  • एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा नचल्ने

एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा नचल्ने

  • बिहिबार, भदौ १९, २०७६
एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा नचल्ने

भर्खरै भएको चिनीयाँ ह्याकरहरुद्वारा नेपाली बैंकको एटिएम ह्याक प्रकरण पछि नेपाली वाणिज्य तथा विकास बैंकहरुले आफ्नो बैंकको एटिएम कार्डहरु आफ्नै बैंकका एटिएम मेसिनहरुमा मात्र चल्ने बनाएको छ ।

चिनीया ह्याकरहरुले नेपाली बैंक ह्याकिङ्ग गरेसंगै बैंकहरुको सहमतीमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले एउटा एटिएमकार्ड अर्को बैंकको एटिएममा नचल्ने बताएको छ । यस संस्थाका सीइओ प्रविण प्रकाश क्षेत्रीलाई प्रहरीले बयान लिन बोलाएसंगै निर्णय नेप्स गर्न बाध्य भएको स्रोतको दाबी छ ।

नेप्सले सूचना जारी गर्दै नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने जानकारी गराएको छ । यसै नेर्टवर्क मार्फत् विभिन्न बैंकले कार्डसँग सम्बन्धित होस्टिङ्ग र स्विचिङ्ग गर्दै आएका छन् । अहिले नेप्सको भिसा नेर्टवर्कमा नेपालका १८ बैंक आबद्ध छन्। जसमा ११ वटा वाणिज्य तथा ७ वटा विकास बैंक रहेका छन् ।

गत शनिबार एकाएक नेप्सको नेटवर्क्भित्र रहेका बैंकको एटिएम कार्डबाट सोही नेटवर्क भित्रकै बैंकबाट पैसा चिनीयाँ ह्याकरहरुबाट चोरी भएपछि नेपालको बैंकिङ प्रणालीको सुरक्षाको विषयमा प्रश्न उठेको छ ।
नेप्सको नेटवर्कमा प्रभु, सनराइज, माछापुच्छ्रे, जनता, सिद्धार्थ, सिटिजन्स इन्टरनेशनल, एनआइसी एसिया, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल, नेपाल बंगलादेश र ग्लोबल आइएमइ बैंक आबद्ध रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि