• होमपेज
  • मनोरञ्जन
  • काफ्लेको ‘मेरो मुटु’को भिडियो सार्वजनिक

काफ्लेको ‘मेरो मुटु’को भिडियो सार्वजनिक

  • मङ्लबार, भदौ १७, २०७६

गायक कृष्ण काफ्लेको स्वर रहेको रोमान्टिक गीत ‘मेरो मुटु’को भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्दमा दीपक शर्माको संगीत रहेको उक्त गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ । गीतको सार्वजनिक भिडियोमा उत्सब दाहालको छायांकन रहेको छ भने सम्पादन बिकास दाहालले गरेका हुन् ।

पोखरा र ललितपुरको बज्रवाराही आसपासमा छायांकन गरिएको भिडियोमा अनीश बिक्रम शाह र भूमिका केसीको अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा निर्माण गरिएको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल निर्देशक अधिकारीले पछिल्लो समय फिल्मी शैलीमा भिडियोहरु निर्देशन गर्दै आएका छन् । ’गीत सुन्दै गर्दा गीतको धुनले जती मनमा शान्ती प्रदान गर्छ, त्यसको भिडियो हेर्दा आँखालाई शितलता प्राप्त हुनु पर्छ । त्यसैले पछिल्लो समय भिडियोको प्रस्तुतीकरणलाई विशेष ध्यान दिने गरेको छु’, निर्देशक अधिकारीले भने ।

‘पर्ख पर्ख मायालु’ गीत जस्तै रोमान्टिक शैलीको ’मेरो मुटु’ गीतलाई पनि दर्शकहरुले मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त छु भन्दै गायक काफ्लेले यो गीतबाट आफुले निकै आशा गरेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि