• होमपेज
  • सहकारी
  • वाणिज्य बैंकको डिपोजिट अब सहकारीमा

वाणिज्य बैंकको डिपोजिट अब सहकारीमा

असुरक्षित बन्दै बैंकहरु

  • मङ्लबार, भदौ १७, २०७६
वाणिज्य बैंकको डिपोजिट अब सहकारीमा

बैंकमा सीइओ लगायत अन्य बरिष्ठ कर्मचारीहरु लाखौंमा तलब भत्ता लिन्छन् के का लागी ? यसको जवाफ अब एटिम ह्याकिङ्ग भएका बैंकहरुले जनतालाई प्रष्ट रुपमा दिनु आवश्यक छ । महंगा तलब भत्ता र मिडियाहरुमा महंगा विज्ञापन गर्दैमा बैंकमा विश्वास बढ्दैन काम गरेर देखाउनु पर्छ ।

नेपालका बैंकहरु अब आम नागरिकले विश्वस गर्न पनि सोच्न पर्ने भएको छ । राष्ट्र बैंकका गर्भनर, नेपाल बैंकर्स संघका अध्यक्ष, विभिन्न बैंकका सीइओहरु लगायत आर्थिक विज्ञहरुले जनताको पैसा सहकारी र सिरानीमा छ त्यसकाई बैकिङ्ग प्रणालीमा ल्याउन प¥यो भनिरहेका छन् । के यस्तो किसिमले ति पैसाहरु बैंकमा आउछन् । अब बैंकमा जम्मा रहेको पैसामा पनि एक पटक सोच्न पर्ने भएको छ । अब आम नागरिकले वाणिज्य बैंक र विकास बैंक भनेर कुर्लिने बैंकरहरुले नेपाली जनताको रगत र पसिना एक एक पैसालाई सुरक्षा दिन नसक्ने भएको तथ्य यही एटिएम ह्याकिङ्ग बाट प्रस्ट हुन्छ ।

नेपालको उत्कृष्ट मानिने मुुख्य नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंकको समेत एटिएम ह्याक भई हजार होइन, लाखौं होइन, करोडमा रकम चोरी भएको छ । बैंकले मिडियामा विज्ञापन धेरै बजाएर ग्राहकको विश्वास जितिदैन सीइओ साबहरु अब सहकारीको पैसा होइन । बैंकका पैसा सहकारीमा जानेछन् ।

हामी जनताहरु पनि एक पटक सोचौं हामीहरुले बैंकमा राखेको पैसामा ती बैंकहरुले चर्को ब्याज लगाएर ऋण दिने गर्छन् । डिपोजिटमा ब्याज कम हुन्छ । तर ऋणको लागि चर्को ब्याज । जनताले रगत पसिना गरी जम्मा गरेको पैसा बैंकमा जम्मा गर्छन । ती बैंकको सुरक्षा खोई ? सहकारीमा त कमसेकम आफ्नो घर नजिक उक्त पैसा कहाँ कसरी लगानी भयो । लगानीको अवस्था कस्तो छ । सहकारीमा पैसा कत्तिको सुरक्षीत असुरक्षीत भन्ने कुरा हामीले आफ्नै अगाडी देखी राखेका हुन्छौं ।

सहकारीमा कोही विदेशीबाट सिस्टमको डाटा नै चोरी गरी पैंसा चोरी त हुँदैन कि कसो । यसरी बैंकहरुमा भइरहेको घटना बढ्दै जाने हो भने बैंकहरुको डिपोजिट रित्तिदै जाने र सहकारी अझै बलियो बन्दै जाने निश्चित नै भएको छ । गत वर्ष वाणिज्य बैंकलाई समेत नाफामा विकास बैंकहरुले पछि पारि सकेको तथ्य हामीहरुले देखि सकेका छौं । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा