• होमपेज
  • कलिउड
  • चलचित्र ‘गुञ्जन’ फागुनमा प्रदर्शन हुने

चलचित्र ‘गुञ्जन’ फागुनमा प्रदर्शन हुने

  • शुक्रबार, भदौ १३, २०७६
चलचित्र ‘गुञ्जन’ फागुनमा प्रदर्शन हुने

बिगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशकका रुपमा डेब्यु गरेका छन् । उनको डेब्यु फिल्म ‘गुञ्जन’ को मंगलबारदेखि पोखराका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ ।

बिसुद्ध प्रेमकथामा रहेको यही फिल्मबाट नवयुवा प्रितमराज सेन्चुरीले हिरोका रुपमा डेब्यु गरेका छन् । फिल्ममा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली छिन् । बिन्दवासीनी मन्दिरमा शुभ मुर्हत गरी सुटिङ सुरु गरिएको फिल्ममा प्रितमराज र साराका साथमा सरोज खनाल,हिउँवाला गौतम,कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे,सुस्मिता बराल,अमोद,आइपी आचार्य,अमेश न्यौपानेलगायतका कलाकार छन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ हुन् । ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्मका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् ।

झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने फिल्मको बाँकी सुटिङ काठमाडौमा गरिने जानकारी निर्देशक अष्टले दिएका छन् । हाल तीव्रताका साथ सुटिङ भइरहेको ‘गुञ्जन’ फागुन तेश्रो साता प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि