• होमपेज
  • समाचार
  • विमानस्थलमा नयाँ दमकल खरिद गरिने

विमानस्थलमा नयाँ दमकल खरिद गरिने

  • मङ्लबार, जेष्ठ २२, २०७५
विमानस्थलमा नयाँ दमकल खरिद गरिने

मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको दमकल पुरानो भएका कारण अत्यावश्यक सेवाका लागि समस्या पर्ने देखिएको छ ।

विमानस्थलमा रहेका पाँच वटा दमकलमध्ये दुई वटा दमकल पुरानो छ । तीमध्ये एउटा २५ वर्ष पुरानो हो भने अर्को २२ वर्ष पुरानो हो ।

बाँकी रहेका तीन वटा दमकलले विमानस्थलको समग्र अग्नि नियन्त्रणको काम गर्नुपरेको छ । गत फागुन २८ गते बंगलादेशी वायु सेवाको युएस बंगला विमान दुर्घटना तथा गत वैशाख ७ गते राति मलेसियन वायु सेवाको मालिन्दो एयर दुर्घटना भयो ।

विमानस्थलमा २४सै घण्टा तम्तयारी हालतमा दमकल राख्नु पर्छ तर दमकलको अभावमा अत्यावश्यक समयमा सेवा दिनसमेत समस्या पर्नेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार तथा अग्नि निवारण महाखाशाका अनुसार दुई वटा दमकल काम नलाग्ने अवस्थामा पुगेका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार कम्तीमा तीन वटा दमकल विमानस्थलमा आवश्यक हुन्छ । क्यानिडा कम्पनीको २५ वर्ष पुरानो एउटा र अर्को रोजनवर्गको २२ वर्ष पुरानो दमकल काम नलाग्ने अवस्थामा पुगेका हुन् ।

विमानस्थल सुधारका लागि सरकारले गठन गरेको विज्ञ समूहले समेत विमानस्थलमा रहेको अग्नि नियन्त्रक सामग्रीमा रहेको कमीप्रति चिन्ता व्यक्त गर्दै तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन् । दमकल नै काम नलाग्ने अवस्थामा पुगेको भन्दै उनीहरुले थप चार वटा अग्नि नियन्त्रक सामग्री खरिद गर्न सरकारलाई सुझाव दिएका हुन् ।

विमानस्थललाई चुस्त, प्रभावकारी, भरपर्दो बनाउँदै संवेदनशील विषयसँग जोडिएका उपकरण खरिदमा लापरवाही नगर्नसमेत सुझाव दिइएको छ ।

विज्ञ समूहका सदस्य एवं उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव संगालेका जानकार कमलप्रसाद रिमाल भन्नुहुन्छ, “विमानस्थलमा हुने दुर्घटनाको जोखिमलाई ध्यान दिँदै कम्तीमा पनि चार वटा अग्नि नियन्त्रक तम्तयारी अवस्थामा राख्नु पर्छ ।

संसारभर नै हवाई यात्रुको संख्यामा बढोत्तरी हुँदै गएको र त्यसको प्रभाव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत पर्ने भएकाले भौतिक पूर्वाधारको विकास तथा सुरक्षात्मक उपाय अपनाउनुपर्ने र कुनै पनि कमजोरी गर्न नहुने रिमालको भनाइ छ ।

यस्तै हवाई क्षेत्रका जानकार दीपेन्द्रमान श्रेष्ठ अग्नि नियन्त्रक एवं अन्य भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । “बिग्रिएका दमकल राखेर भएन, तत्काल नयाँ दमकल खरिद गर्नुपर्छ”, उनले भने ।

विमानस्थलको उद्धार तथा अग्नि निवारण महाशाखाका प्रमुख सरोज पोखरेल हाल विमानस्थलमा तीन वटा दमकल तथा अग्नि नियन्त्रक उपकरण तम्तयारी हालतमा रहने गरेको जानकारी दिए ।
कूल पाँच वटामध्ये दुई वटा पटक पटक मर्मत गर्नुपर्ने भएकाले नयाँ खरिदका लागि आवश्यक प्रक्रिया शुरु गरिएको उनको भनाइ छ ।

विमानस्थलले नयाँ दमकल खरिदका लागि ठेक्का नै शुरु गरिएकोे छ । अर्को अग्निनियन्त्रकका लागि आगामी आवमा बजेट उपलब्ध गराइदिन प्राधिकरणलाई आग्रह गरिएको छ । विमानस्थलमा तीन वटा एम्बुलेन्स छन् । थप एम्बुलेन्स खरिदका लागि प्रक्रिया शुरु गरिएको छ । विगतका केही दुर्घटनाको अनुभवका आधारमा उद्धारका लागि विमानस्थल आसपासमा ठूला सवारी सञ्चालन हुन सक्ने सडक आवश्यक पर्ने देखिएको प्रमुख पोखरेल बताए ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री भने विमानस्थलमा दमकल अभाव रहेको भन्ने भनाई सत्य नभएको बताउनुहुन्छ । “जति बढाउन सक्यो, त्यति राम्रो हो । उपलब्ध भएकालाई तन्दुरुस्त अवस्थामा राखेका छौँ । नयाँ खरिदका लागिसमेत प्रक्रिया शुरु भएको छ”,उनले  भने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी हवाई सुरक्षाको विषय अन्तर्राष्ट्रिय रुपमै चासो र संवेदनशील भएकाले कुनै पनि कमजोरी गर्न नहुनेमा जोड दिए ।

विमानस्थलाई साधन स्रोत र भौतिक पूर्वाधार सम्पन्न बनाउने लक्ष्यका साथ सरकार लागिपरेको र विज्ञ समूहले दिने सुझावका आधारमा काम अगाडि बढ्ने उनले स्पष्ट पारे ।

२१ घन्टाको सञ्चालनले ल्यायो सहजता 

यही जेठ ७ गतेदेखि सञ्चालनमा ल्याइएको विमानस्थलको सेवा थप सहज भएको छ । विमानस्थलमा रात्रिको समयमा अवतरण हुने जहाज ‘होल्ड’ हुने समस्यामा केही कमी आएको छ । मध्यरात १२ बजेपछि भने कुनै पनि जहाज उडान तथा अवतरण हुने गरेका छैनन् । उडान तालिका मिलाउन केही समस्या भएका कारण आगामी केही समय विमानस्थल २१ घण्टा सञ्चालनमा आए पनि रातको समयमा भने उडान थपिएका छैनन् ।

एक्काइस घण्टा विमानस्थल सञ्चालनपछि केही सहजता आएको जानकारी महाप्रन्धक क्षेत्री दिन्छन् । । उडान तालिका मिलाइएपछि रातको समयमा समेत अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुने उनको भनाइ छ । हाल विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० र आन्तरिकतर्फ २० वायु सेवा प्रदायकले सेवा दिँदै आएका छन् । रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा