• होमपेज
  • पर्यटन
  • गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि रु एक करोड बजेट

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि रु एक करोड बजेट

  • मङ्लबार, जेष्ठ २२, २०७५
गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि रु एक करोड बजेट

लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५।०७६मा पुरातत्व विभागले रु एक करोड बजेट विनियोजन गरेको छ ।

तीनतले झिँगटी छाना भएको प्राकृतिक दृश्याकित देवताहरुको आकार भएका काठका टुँडालजडित शिवजीको मन्दिर ज्यादै जीर्णावस्थामा छ ।

विभागका योजना तथा मूल्याङ्कन विभागका लिपि अधिकृत सविता न्यौपाने पौडेलले कालीगढहरु जुृटाएर मन्दिर पुनःनिर्माण छिट्टै शुरु गरिने आश्वासन दिनुभयो । पुनःनिर्माणका लागि गोकर्णेश्वर महादेव मन्दिर जीर्णाेद्धार कमिटीले भने रु दुई करोड ५० लाख माग गरेको थियो ।

गोकर्णेश्वरवासीको चाहना भने उक्त मन्दिरको छाना तामामा सुन लेपन गरी पशुपतिनाथ मन्दिरमा जस्तै पानी नचुहिने निर्माण गर्नुपर्ने रहेको छ । सुन लेपनबाट खिया नलाग्ने उनीहरुको भनाइ छ । विसं २०७४ फागुनमा कमिटीबाट आयोजना गरिएको सप्ताह महायज्ञबाट करीब रु तीन करोड नगद र जिन्सी संकलन गरिएको थियो ।

मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ जतिसक्दो छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुहुन्छ । गोकर्णेश्वरमा प्रत्येक वर्ष भाद्र कुशेऔँसी र पौष गयाऔँसीका दिन आआफ्ना पितृको सम्झनामा श्राद्ध एवं पितृतर्पण गरिन्छ । पौराणिक कालमा लङ्कानरेश रावणले पनि गोकर्णेश्वरको दर्शन गरेको किंवदन्ती छ ।

सत्ययुगमा महादेवले मृगरुप लिँदा खोज्दै गएका देवताहरुले उनलाई चिनी सिङमा समाउँदा भाँचिएर तीन टुक्रा भएकामा एक टुक्रा आकाश, एक टुक्रा पाताल र एक टुक्रा हातमा रहेको थियो । हातमा रहेको सोही टुक्रा हालको गोकर्णेश्वरमा स्थापना गरिएको पुराणमा वर्णित छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि