• होमपेज
  • कृषि
  • तरकारी खेतीमा महिलाको संलग्ना बढ्दो

तरकारी खेतीमा महिलाको संलग्ना बढ्दो

  • मङ्लबार, जेष्ठ २२, २०७५
तरकारी खेतीमा महिलाको संलग्ना बढ्दो

रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २४ वर्षीया दिपा आचार्यले दुई रोपनी जग्गामा फलाएको मुलाबाट रु ४५ हजार आम्दानी गरिन् ।

एक वर्ष अघिसम्म बाँझो रहने जग्गामा यस वर्ष रु ९०० को बीउबाट मनग्य कमाइ भएपछि आचार्यको जोश बढेको छ । मंसिर अन्तिममा लगाएको मुलाले फागुनमै प्रतिकिलो रु ३५ देखि रु ४० सम्म दिक्तेलबजारमा मूल्य पाएको थियो । मुलाबाट सोचेभन्दा बढी आम्दानी भएपछि परिवारमा खुशी छाएको छ ।

परिश्रम गरे आम्दानी बढ्ने आचार्यले ठहर गरेपछि अब उहाँले टनेलामा तरकारीखेती गरी आम्दानी अझ बढाउने योजना बनाएकी छन् । उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष साउदीमा बसेर हाल घर फर्किएर आचार्यसँगै मेहनत गरिरहेका छन् ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका दुर्गा बस्नेत मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मासिक रु २५ हजारसम्म आम्दानी गरिरहेकी छन् । पहिले घरमा खानका लागि मात्र सागसब्जी लगाउने उनले व्यावसायिक रुपले तरकारीखेती गर्न शुरु गरेपछि आम्दानी बढेको हो ।

बस्नेतले झण्डै पाँच रोपनी जग्गामा अहिले तरकारी खेती गरिरहेको बताउँछिन् । तरकारी खेतीसँगै भँैंसीपालन, बाख्रापालन र कुखुरापालनसमेत गरेकी छन् । उनले उत्पादन गरेको तरकारी दिक्तेलबजारमै खपत हुन्छ ।

“वार्षिक रु सात हजार भाडा तिरेर जग्गा भाडामा लिई तरकारीखेती विस्तार गरेकी छु,” बस्नेतले भनिन् । उनले घरखर्च गरेर बचतसमेत गर्दै आइकी छन् ।

दिपा र दुर्गा जस्तै पछिल्लो समय जिल्लाका अधिकांश महिला आम्दानी बढाउने तथा खर्च घटाउने अभियानमा लागेका छन् । वैदेशिक रोजगारीमा जाने परिवारका सदस्यबाट विप्रेषण प्राप्त गर्ने सदस्यलाई प्रदान गरिने वित्तीय साक्षरता कक्षाका कारण महिला आम्दानी बढाउन हौसिएका छन् ।

उज्यालो गाउँपालिका बनाउन विद्युत् विस्तार

जन्तेढुंगा गाउँपालिकाले उज्यालो गाउँपालिका निर्माणका लागि केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार शुरु गरेको छ । गाउँपालिकाको रु ४० लाख लगानीमा खोटेहाङ गाउँपालिका–७ खोटाङबजार, रातमाटा हुँदै गाउँपालिका जोड्न केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार शुरु गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले गाउँपालिकालाई केन्द्रीय प्रशारण लाइनुँग जोड्न ८५ वटा फलामे पोल प्रदान गरेको गाउँपालिका अध्यक्ष शंखरमान राईले बताए । विद्युत् विस्तारका लागि गाउँपालिकामा तार, पोललगायत आवश्यक सामग्री ल्याइएको छ ।

विद्युत् विस्तारका लागि ठेक्का लागिसकेको र हाल पोल गाड्नका लागि खाल्डो खन्ने काम भइरहेको राईले बताउनुभयो । विद्युत् सुविधा नहुँदा गाउँपालिकावासी वषौँदेखि सोलार र टुकीको भरमा छन् ।

विद्युत् विस्तार हुने भएपछि स्थानीयवासी हर्षित छन् । “वषौँदेखि सोलार टुकीको भरमा थियौंँ, ढिलै भए पनि गाउँपालिकाले राम्रो कामको थालनी गरेको छ,” वडा नं ४, कात्तिकेकी लक्ष्मी रोइलाले भने । रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि