• होमपेज
  • विचार/ब्लग
  • राजनीतिको कुरूप स्वरूप

राजनीतिको कुरूप स्वरूप

  • मङ्लबार, चैत्र १३, २०७४
राजनीतिको कुरूप स्वरूप

राजनीति भन्न साथ मान्छेहरू मुख बिगार्छन् । बिशेषगरी नेपालजस्तो अविकसित मुलुकमा खराब नियत भएका मान्छेहरू उच्च राजनैतिक पदमा आसिन हुनु पनि हो ।

उनीहरू खराब विचार र स्वार्थको साङ्लोले बाँधिएका हुन्छन् र बन्धनमा पर्नु भनेको कसरी हुन्छ फुत्किन खोज्नु हो । खराब विचार भएकाहरू फुत्किनको लागि पनि खराब उपाय नै लगाउँछन् ।

जुन अरूको लागि दुःख र पीडाको कारण हो । खराब नियत भएकाहरू कि त अरूलाई पनि खराब नै बनाउँछन् कि त अरूलाई समस्यामा हुल्छन् । पार्टीको सिद्धान्तलाई मुकुण्डो बनाएर स्वार्थ प्राप्तिको लागि दौडनु र राज्यलाई संकटमा पर्नु राजनीतिकर्मीको मुख्य चरित्र भएको छ हाम्रो मुलुकमा । उनीहरू आफ्रनो शिवाय अरूको लागि सोच्न सक्दैननन् । जुन कुरा सबैभन्दा ठूलो दुर्घटना बनिदिन्छ अरूको लागि ।

खराब नियतहरूले मुस्कानहरू खोसिदिन्छन् हर कलिला ओंठहरूबाट । सपनाहरू खोसिदिन्छन् हर सुन्दर आ“खाहरूबाट । र दुःखको बडेमानको पहाड उपहार दिन्छन् ।

कुनै पनि मुलुकको हर क्षेत्रहरू राजनैतिक प्रभावबाट मुक्त हुन सक्दैनन् । चाहे त्यो गैर नाफामूलक क्षेत्र नै किन नहोस् । तर राजनीतिलाई आम मानिसले हेयको दृष्टिकोणले हर्ने र वितृष्णा जगाउने काम राजनीतिज्ञहरूले नै गर्ने गरेका छन् । राजनीति भनेको त देशको मेरुडण्द हो । तर यदि मेरुडण्द नै कमजोर भयो भने कुनै पनि मुलुकको हालत कस्तो हुन्छ होला ?

चाहे त्यो विकसित मुलुक अमेरिका होस् या रुस । तर कुनै पनि मुलुकको लागि राजनीति किन आवश्यक छ ? के का लागि आवश्यक छ ? भन्ने कुरा हर राजनीतिज्ञले बुझ्न जरुरी छ ।

राजनीति भनेको त मुलुकको समृद्ध विकासको लागि हो । समुन्नत समाज निर्माणको लागि हो । मुलुकलाई सही दिशा दिँदै जनताको जीवनस्तर उकास्नको लागि हो । कुनै पनि मुलुकको हर क्षेत्र राजनीतिबाट प्रभावित नभएको सायदै होलान् । तर राजनैतिक सिद्धान्तलाई गलत तरिकाले प्रयोग गरिनु ठूलो दुर्भाग्यको कुरा हो ।

आज दैनिक १५ सय युवा अरूको देशमा श्रमिक भएर आफ्नो माटो छाडिरहेछन् । पासपोर्ट नभएको युवा भेटिन गाह्रो पर्छ । जब कि १५ वर्ष पुग्नसाथ उमेर बढाएर पासपोर्ट बनाएर विदेशिन बाध्य छन् राष्ट्रका कर्णधार भनिने युवाहरू । अथाह स्रोत र साधन हुँदाहुँदै किन रेमिट्यान्सले धानिरहेछ देशलाई ?

कोरियासँग के थियो त्यस्तो जुन नेपालसँग थिएन । जब कि पहिले नेपालले खाद्यान्न सहयोग गरेको इतिहास साक्षी छ । तर अहिले लाखौं युवाको सपनाको देश भएर हाम्रोसामु उभिएको छ कोरिया । त्यस्तो के थिएन नेपालस“ग जुन कोरियासँग थियो ?

उत्तर एउटै छ, कोरियासँग उचित नीति थियो । राष्ट्रको स्रोत साधनको समानुपातिक र वैज्ञानिक ढंगले परिचालन गर्न सक्ने क्षमता थियो । र त्यो क्षमता भएका राजनीतिज्ञहरू थिए । जुन कुराहरू नेपालमा थिएन र अझै छैनन् पनि । यो कति दुःखलाग्दो कुरा होला ? नेपालसँगै विकासको गतिमा अग्रसर भएको थाइल्यान्डलाई नै लिन सक्छौं या भुटानलाई नै । जोस“ग नेपालसँग जति प्राकृतिक सौन्दर्य नभइकनै पनि विकासमा नेपाललाई धेरै पछाडि पारिदियो ।

राणा शाषणले थिलथिलो र कुरूप बनाएको नेपाललाई ००७ को क्रन्तिले तह लगाइदियो । ०३६ साल देखि लिएर ०४६ हुँदै ०६२÷६३ का डरलाग्दा परिवर्तनहरूको औचित्य कहाँ पुगेर टुंगिएको छ ? के परिवर्तन भयो अहिलेसम्म ? कसका लागि परिवर्तन भए ? ती जीवनको आहुती दिएका तमाम शहीदहरू कसका सन्तान थिए ? तिनीहरूले बगाएको रगतको मूल्य कति हो ? यी यवत जिज्ञासाहरूको उउटै उत्तर हो राजनीति ।

आफू जन्मिएको ठाउँमा अन्तिम श्वास लिन नपाउनु झनै दुर्भाग्यपूर्ण कुरा हो । अरूको देशलाई सिंगार्दै आफू रङहीन बनिरहेछन् हर युवाहरू । अरूलाई जीवन दिँदै आफू जीवनहीन बनिरहेछन् । अरूको लागि बाँच्दा बाँच्दै आफू मरिरहेछन् । यसको जिम्मा कसले लिने ?

यो जटिल सवाल भएर ठडिएको छ अहिलेको समयमा । देश बनाउने अभिभारा बोकेर आएकाहरू यसको जवाफ दिन सक्दैनन् । तर उनीहरू यसको जवाफ दिन तयार हुनुपर्छ । एकदिन आउने पुस्ताले अवश्य सोध्नेछ । यो सवाललाई उटाउने छ । त्यतिबेला उत्तर दिन तयार भएर बस्न जरुरत छ ।

मुलुकलाई संक्रमणमा ढकेल्ने काम र मुलुकलाई विकासको मार्गमा दौडाउने काम राजनीतिको हो । तर भिजन र मिसन नभएका राजनीतिज्ञहरू हुनुले मुलुक शिथिल भएको हो । राज्यमा भएका स्रोत साधनलाई सही र समानुपातिक तरिकाले परिचालन गर्न नै जान्दैनन् ।

स्वार्थपूर्तिका लागि चाल्छन् हर पाइलाहरू, फेर्छन् हर स्वासहरू । झनै अरू स्रोतसाधन खोजिन्छ भनेर आशा गर्नु मनको लड्डु घीउसँग खानु शिवाय केही होइन । हामी यसै पनि सांस्कृतिक सम्राज्यवादको सिकार भइरहेका छौं । आफ्नो संस्कृति दिनदिनै आधुनिकता नामको संक्रमणले ग्रस्त छ । हामीले आफ्नो अर्गानिक अस्तित्व गुमाइरहेका छौं । आफ्नो पहिचान गुमाइरहेका छौं ।

आफू हुनुको अर्थ गुमाइरहेका छौं । हामीले आफ्नो मौलिकतालाई श्रद्धाञ्जली दिइरहेका छौं । बालबालिकाले ढुंगामूढा गर्न सिकेका छन् । बन्द, हड्ताल गर्न सिकेका छन् । गुण्डागर्दी, तस्करी गर्न सिकेका छन् । यसको मुख्य दोषी को ?
यी यावत् सवालहरूको जवाफ एउटै हो– राजनीति । जसले राज्यका हर कुरालाई प्रभावित पार्छ । तर नेपालमा जस्तो किसिमको प्रभाव पारिरहेछ, त्यो शुभ संकेत होइन ।

कमजोर राजनीतिकै कारण हामीले विदेशी हस्ताक्षेप झेलिरहेका छौं । सांस्कृतिक हस्ताक्षेप झेलिरहेका छौं । मान्छेहरू हर दिन संवेदनाहीन बनिरहेका छन् । भोलिको पुस्ताले यदि यी कुराहरू माथि प्रश्न तेर्साए भने त्यसको जिम्मेवारी राजनैतिक शक्तिको आडमा व्यक्तिगत स्वार्थ पूर्ति गर्नेहरूले लिनै पर्छ ।

र अब आउने पुस्ताले यसबारे खबरदारी गर्नुपर्छ र क्षितपूर्ति लिनुपर्छ । नत्र मुलुक सधैं संक्रमणकालमा जकडिन्छ हरेक दिन बाकसमा लासहरू भित्रीरहन्छ । आँसुको व्यापार भइरहन्छ । बिछोडको पलहरू आइरहन्छ । गुण्डागर्दी, तस्करी मौलाइरहन्छ । आफ्नो अस्तित्व गुमनाम भइरहन्छ । राजतिल साप्ताहिकमा प्रकाशित

Facebook Comments

सम्बन्धित समाचार