• होमपेज
  • समाचार
  • ज्ञानेन्द्रका मतियार डिपुटी गभर्नर

ज्ञानेन्द्रका मतियार डिपुटी गभर्नर

  • सोमवार, चैत्र १२, २०७४
ज्ञानेन्द्रका मतियार डिपुटी गभर्नर

नेपाल राष्ट्र बैंकभित्र यति धेरै बैंक तथा वित्तीय क्षेत्रका मुद्दाहरू परे पनि छानीछानी बैंक र कैंकरलाई कारबाही गर्नबाट बचाउँदै छन् । श्रीमान् गभर्नरलाई भन्दा यो कुरा अचम्म लाग्न सक्छ तर, यो सत्य हो ।

नेपाल बंगलादेश बैंक लिमिटेडका सदाबहार सीइओ एवं नेपाल बैंकर संघका विवादग्रस्त अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाविरुद्ध दर्जनौं उजुरी राष्ट्र बैंकमा परे पनि डिपुटी गभर्नर शिवराज श्रेष्ठ उनलाई कारबाही हुनबाट बचाउन लागिपरेका छन् ।

कांग्रेसी कार्यकर्ताको खोल ओढेर राष्ट्र बैंकको डिपुटी गभर्नर बनेका श्रेष्ठले कांग्रेसका तेह्रथुम सभापति ढुंगानाका दाईका कारण ढुंगाना बचाउ अभियान नै चलाएर लागिपरेका छन् ।

एनबी बैंकका दर्जनौं काण्डहरू छन् । सीइओकै कार्यकालबारे सञ्चालक र शेयरधनीले राष्ट्र बैंकमा उजुरी दिएका छन् । अख्तियार र सम्पत्ति शुद्धिकरण विभागमा ढुंगानाविरुद्ध परेका उजुरी छानबिन भइरहेको छ ।

वर्षमा अर्बभन्दा बढी सम्पत्ति जोडेका ढुंगानाको हैसियतबारे छानबिन अन्तिम रूपमा पुगेको विभागले जनाएको छ ।
रक्सी र तरुनी पाएपछि जे पनि गर्न पछि नपर्ने ढुंगाना र राष्ट्र बैंकका कार्यकारी निर्देशकको सबै खर्च ढुंगानाले तिर्ने गरेका छन् । आफ्नै बैंकको बेतिथिलाई सम्हाल्न नसकेका ढुंगानाले बैंकर संघको नेतृत्वको हवला दिँदै बैंकरलाई नै छक्याउने गरेको समाचार बाहिर आएका छन् ।

एनबी बैंकमा दर्जनौं खराब कर्जा छन् । ४ प्रतिशतभन्दा बढी खराब कर्जा छ । ४०÷५० वटामात्रै शाखा छन् । ढुंगानाविरुद्ध दर्जनौं उजुरी परेका छन् । तर उनलाई गभर्नर डा. चिरन्जीवी नेपाल र डिपुटी गभर्नर श्रेष्ठको साथ छ ।

एक राष्ट्र बैंकका उच्च अधिकारीले राजतिलक साप्ताहिकसँग भने, ‘ढुंगानामार्फत् नै अप्ठ्यारोमा परेका बैंकहरूले राष्ट्र बैंकका गभर्नर र डिपुटी गभर्नरलाई कुरा मिलाउन पठाउने गरेका छन् । उनले बैंकरभन्दा बढी दलाली काम गर्ने गरेका छन् ।’

ज्ञानेन्द्र ढुंगाना रक्सी पिएपछि पेन्टको चेन खुस्केको पनि थाहा नपाउने बैंकर हुन् । उनीजस्तो बैंकरबाट के आशा राख्ने ?राजतिलक साप्ताहिकबाट

Facebook Comments

सम्बन्धित समाचार