• होमपेज
  • समाचार
  • पोखरामा बैंकिङ-बीमा एक्स्पो शुरु

पोखरामा बैंकिङ-बीमा एक्स्पो शुरु

  • सोमवार, चैत्र १२, २०७४
पोखरामा बैंकिङ-बीमा एक्स्पो शुरु

पोखरामा पहिलो पटक बैंकिङ-बीमा एक्स्पो शुरु भएको छ । २ दिनसम्म चल्ने बैंकिङ/बीमा एक्स्पो आइतबारदेखि पोखरामा शुरु भएको हो । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य साथै बैंकर्स संघ, विकास बैंकर्स संघ, वित्तीय संस्था संघ तथा माइक्रोफाइनान्स बैंकर्स संघको साझेदारीमा मिडिया इन्टरनेसनलद्वारा आयोजित बैंकिङ/बीमा एक्स्पोको आइतबार विशेष समारोहकाबीच बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले उद्घाटन गरे ।

समारोहमा  बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले बैंकिङ÷बीमा एक्स्पोले वित्तीय सेवा र बीमाको फाइदाबारे सर्वसाधारणको चेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने विस्वास व्यक्त गरे । हाल १२ प्रतिशत मात्रै नागरिक बीमाको पहुँचमा रहेको भन्दै उनले सर्वसाधारणलाई बीमा बारे बुझाउन सके सबै नागरिक बीमाको पहुँचमा आउने बताए ।

राष्ट्र बैंक पोखरा शाखाका कामु निर्देशक तिलक बहादुर गुरुङले पोखरामा एक्स्पो आयोजना हुनु स्थानीयका लागि अवसर भएको बताए । पोखरा शहरी क्षेत्र भए पनि वित्तीय चेतना अझै अभाव रहेको भन्दै कामु निर्देशक गुरुङ एक्सपोले वित्तीय चेतना वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।  सोमबारसम्म चल्ने एक्स्पोमा २ दर्जन बढी बैंक वित्त तथा बीमा कम्पनीहरुको स्टल राखिएका छन् । एक्स्पोको बैंकिङ पार्टनरमा प्रभु बैंक र गरिमा विकास बैंक रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार