• होमपेज
  • समाचार
  • राष्ट्र बैंकद्वारा तीन बैंकलाई कडा चेतावनी

राष्ट्र बैंकद्वारा तीन बैंकलाई कडा चेतावनी

  • आइतवार, चैत्र ४, २०७४
राष्ट्र बैंकद्वारा तीन बैंकलाई कडा चेतावनी

नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रेड) प्रतिशतभन्दा तल राख्नुपर्ने, भूकम्प पीडितलाई दुई प्रतिशत ब्याजमा कर्जा दिनुपर्ने र तोकिएको ठाउँमा यसै वर्षभित्र शाखा खोल्नुपर्ने कडा निर्देशन जारी गरेको छ ।

नेपालमा तीन ठूला वाणिज्य बैंकहरूले शाखा खोल्न समेत चासो नदेखाएपछि बैंकले यस्तो कडा निर्देशन जारी गरेको हो । स्थानीय तहका दुर्गम गाउँँपालिका र नगरपालिकामा जाने भन्दै हिमालयन बैंक, बैंक अफ काठमाण्डु र एनबी बैंकले राष्ट्र बैंकलाई लिखित जानकारी गराए पनि उनीहरूले हलसम्म कुनै पनि स्थानीय तहमा शाखा विस्तार गरेका छैनन् ।

यही आर्थिक वर्षभित्र शाखा नखोले हकप्रद शेयर, बोनस शेयर र लाभांश समेतमा रोक लगाउने राष्ट्र बैंकले जनाएको छ ।
सरकारी बैंकबाहेक अरू बैंकहरूले भूकम्प पीडितलाई दिइने प्रतिशतको कर्जा प्रवाह गरेका छैनन् । यसलाई मध्यनजर गर्दै राष्ट्र बैंकले कडा कदम अगाडि सारेको स्रोतको दाबी छ ।

राष्ट्र बैंकका एक डिपुटी गभर्नरले यसबारेमा भने, ‘ठूला ३÷४ वटा बैंकहरूले राष्ट्र बैंकको निर्देशन आलटाल गरेपछि हामीले बाध्य भएर लाभांश रोक्का गर्ने निर्देशन जारी गरेका छौं ।’ जनताको पैसामा राज गरेका ठूला बैंकहरू हिमालयन बैंक, एनबी बैंक र बैंक अफ काठमाण्डुले स्थानीय तहमा शाखा नखोलेको समाचार हामीले पटक–पटक पाठकसामु पस्किएका थियौं ।

Facebook Comments

सम्बन्धित समाचार