• होमपेज
  • अर्थ/वाणिज्य
  • शाखा सञ्जालमा छालाङ मार्दै तीन बैंक

शाखा सञ्जालमा छालाङ मार्दै तीन बैंक

  • शनिबार, चैत्र ३, २०७४
शाखा सञ्जालमा छालाङ मार्दै तीन बैंक

नेपालका ठूला दुई बैंक एनआइसी एशिया, ग्लोबल आइएमई बैंक र प्रभु बैंक लिमिटेडले शाखा सञ्जालमा छालाङ मारेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने काममा प्रभु, एनआइसी एशिया र ग्लोबल आइएमई बैंक अगाडि देखिएका हुन् ।

१२५ भन्दा बढी शाखा सञ्जाल पु¥याएका यी तीनवटा बैंकको चुक्ता पूँजी ८ अर्बमाथि छ । लाखौं ग्राहकले सेवा लिएका छन् भने खर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

एकैदिनमा ३÷४ ठाउँ शाखा विस्तार गर्दै आएका यी बैंकहरूकै कारण स्थानीय तहका जनता खुशी मात्रै छैनन्, आफ्नो पूँजी बैंकमार्फत् डिपोजिट गर्ने र बैंकबाट खर्च गर्ने बानी सुरु गरेको देखिन्छ । अरू केही ठूला बैंक भने शक्ति र सत्ताको आडमा स्थानीय तहमा पुगेका छैनन् ।

नेपाल बैंकर संघका अध्यक्ष समेत रहेका ज्ञानेन्द्र ढुंगानाको बैंक त ५०÷६० वटा शाखामा मात्र सीमित छ । उनलाई डा. चिरन्जीवी नेपालको साथ छ । तर अरू प्रयः सबै बैंक स्थानीय तहमा पुग्ने क्रम जारी रहेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
एनआइसी एशिया बैंकको शाखा १८० भन्दा बढी छन् ।

प्रभु बैंकका शाखा १२५ भन्दा बढी नै छन् । सानिमा बैंक, बैंक अफ काठमाण्डु, स्ट्याण्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, एनसीसी बैंक, प्राइम बैंकहरूका शाखा ८० भन्दा बढी छन् । यसैकारण राष्ट्र बैंकले शाखा विस्तार नगर्ने बैंकहरूको अब लाभांश नै रोक्का गर्ने निर्णय गरेको स्रोतको दाबी छ ।

Facebook Comments

सम्बन्धित समाचार