• होमपेज
  • फिचर
  • एनसिसि बैंकका संचालक पक्राउ

एनसिसि बैंकका संचालक पक्राउ

  • शुक्रबार, चैत्र २, २०७४
एनसिसि बैंकका संचालक पक्राउ

भूपेन्द्र आचार्य

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी० को केन्द्रीय कार्यालयमा शुक्रबार बोर्ड बैठक जारी रहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।

सीआईबी स्रोतका अनुसार प्रहरी ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन । नक्कली पुर्जा राखेर ऋण दूरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एनसिसी बैंकका सञ्चालक सदस्य विष्णु धिताल पक्राउ  गरेको छ |

पेक्स बैंकका पूर्व अध्यक्ष समेत रहेका धितालका विरुद्ध करिब दुई महिना अघि एनसीसी बैंकका संचालक जीत बहादुर र लक्ष्मी बहादुर श्रेष्ठले एपेक्स विरुद्ध मुद्दा हालेका थिए । भने एपेक्स र एनसिसि मर्ज पछि पनि एपेक्स बैंक र एनसिसि बैंकको हिसाब किताब अलग अलग राखिएको छ ।

 

एपेक्स बैंकका पूर्व अध्यक्ष धितालले एनसिसिसँग मर्ज हुनुअघि नै बैंकका कर्मचारीसँग मिली नक्कली पूर्जाबाट करोडौं ऋण प्रवाह गरेका आरोपमा अहिले एपेक्स बैंकका पूर्व अध्यक्ष धिताल, तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत ऋषिराज भट्ट, कम्पनी सचिव रामचन्द्र बर्तौला, दरबारमार्ग शाखाका तत्कालीन म्यानेजर विकास श्रेष्ठ, इटहरी शाखाका प्रबन्धक सागर न्यौपाने र दुर्गादत्त जोशी र डिठ्ठाबहादुर तामाङसहित १३ जना पक्राउ परिसकेका छन् । भने ब्युरोले पक्राउ गर्न थालेपछि केही अधिकृतहरु फरार भईसकेको स्रोतको दाबी छ ।  नेपाल राष्ट्र बैंकले कारवाहीका लागि दुई साता अगाडि सिआइबीलाई लेखेको थियो।

एपेक्स बैंक र एनसिसि बैंक मर्जर साइन गरेपछि एक करोडमाथिको ऋण दिनु परे मर्जर समितिलाई जानकारी गराउनु पर्ने सहमति विपरित ऋण लगानी भएको र एक करोड भन्दा सानो फाइल बनाउँदै दुई अर्ब ऋण लगानी गरेको अनुसन्धानमा देखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार