• होमपेज
  • बीमा
  • प्रभु लाइफ इन्स्योरेन्स एकैदिनमा चार नयाँ शाखा

प्रभु लाइफ इन्स्योरेन्स एकैदिनमा चार नयाँ शाखा

  • शुक्रबार, चैत्र २, २०७४
प्रभु लाइफ इन्स्योरेन्स एकैदिनमा चार नयाँ शाखा

प्रभु लाइफ इन्स्योरेन्सले विहिवारदेखि आफ्ना नयाँ चार शाखा कार्यालयहरुबाट सेवा सुरु गरेको छ । प्रभु लाइफले ललितपूर शाखा, कलंकी शाखा, बानेश्वर शाखा तथा बनेपा शाखाहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले एक कार्यक्रमकाबीच ललितपूर शाखा कार्यालय, कम्पनीका संञ्चालक नरेश बहादुर मल्लले कलंकी शाखा कार्यालय, कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा कार्यालय तथा कम्पनीकै संस्थापक शेयरधनी तथा सांग्रिला बिकाश बैंकका प्रमुखकार्यकारी अधिकृत राजेन्द्र प्रसादपौडेलले बनेपा शाखा कार्यालयको उद्घाटन, एकै दिन गरी सेवा शुभारम्भ गरेका छन् ।

कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी समेत गरे ।

कम्पनीका संचालक नरेश बहादुर मल्लले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गर्नुभयो । उनले भने, ‘अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजना सहित हामी आएका छौं । आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दै लैजाने र छिट्टै नै गंगबु तथा नारायणगढ शाखाहरु संचालनमा आउने जानकारी दिए ।

कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माले हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौं, गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’ । हाम्रो उदेश्य परम्परागत बीमा बजार भन्दा माथि उठेर व्यवसाय गर्ने हो, उनले बताए ।

सांग्रिला बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले सांग्रिला बिकाश बैंकसंगको सहकार्यमा प्रभु लाइफ इन्स्योरेन्सले स्थानिय तहसम्म पुगी लक्षित वर्गहरुलाई जीवन बीमा सेवा प्रदान गर्न सक्षम हुने बताए ।

Facebook Comments

सम्बन्धित समाचार