• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्सद्वारा हकुना माटाटालाई आर्थिक सहयोग

सिटिजन्सद्वारा हकुना माटाटालाई आर्थिक सहयोग

  • आइतवार, चैत्र ४, २०७४
सिटिजन्सद्वारा हकुना माटाटालाई आर्थिक सहयोग

“योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको ‘साथ’ नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई रू एक लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले रू एक लाखको चेक संस्थाका संचालक क्रिस्टिमा कार्कीलाई हस्तान्तरण गरिएको छ ।

हकुना माटाटा परियोजनाले काठमाडौँमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक क्रिस्टिमा कार्कीले बताईन् । कार्यक्रमलाई सँबोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बालबालिकालाई बहुप्रतिभाशाली हुनका निम्ति उत्प्रेरण प्रदान गरे ।

उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए । उक्त समारोहमा बालबालिकाहरुले उज्यालो भबिष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार