• होमपेज
  • अर्थ/वाणिज्य
  • “सन्राइज बैंकद्वारा Street Children World Cup, 2018 का प्रतियोगीहरुलाई हौसला प्रदान

“सन्राइज बैंकद्वारा Street Children World Cup, 2018 का प्रतियोगीहरुलाई हौसला प्रदान

  • आइतवार, चैत्र ४, २०७४
“सन्राइज बैंकद्वारा Street Children World Cup, 2018 का प्रतियोगीहरुलाई हौसला प्रदान

मे १०, २०१८ मा रसियाको मस्कोमा आयोजना हुन गईरहेको अठार वर्ष मुनिका फुटबल खेलाडीहरु बीच हुन लागेको सडक बालबालिकाहरुको Street Children World Cup, 2018 मा नेपाल २२ वटा देशहरु मध्य छनोटमा पर्न सफल भएको थियो ।

यिनै नेपालको प्रतिनिधि गर्ने “टिम नेपालका” प्रतियोगीहरुको हौसला बढाउन सन्राइज बैंकले बैंकका कर्मचारीहरु र टिम नेपालका प्रतियोगीहरु बीच मैत्रीपूर्ण खेल सातदोबाटो स्थित एन्फाको खेल मैदानमा आयोजना गरेको थियो । यी सडक बालबालिकाहरुलाई उचित तालिम र अन्य सहयोग शेल्टर आश्रय नेपाल नामक गैर सरकारी संस्थाले पुर्याउदै आएको छ ।

उक्त मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधि गर्ने टिम नेपाल ६–० को अन्तरले बिजयी भयो । कार्यक्रममा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब, कर्मचारीहरु लगायत शेल्टर आश्रय नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार