• होमपेज
  • समाचार
  • नेपालको ईतिहासमै पहिलोपटक जुत्ता चप्पलको बृहत मेला

नेपालको ईतिहासमै पहिलोपटक जुत्ता चप्पलको बृहत मेला

  • शुक्रबार, चैत्र २, २०७४
नेपालको ईतिहासमै पहिलोपटक जुत्ता चप्पलको बृहत मेला

नेपालको ईतिहासमै पहिलो पल्ट सम्पुर्ण जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादकको ठुलो मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

यस मेलामा १४० भन्दा बढी स्टलहरु राखेर जुत्ता चप्पल तथा छालाजन्य उत्पादन तयार पार्ने नेपालका ५० भन्दा बढी सबै उत्कृष्ट र चर्चित ब्राण्डहरुको सहभागीता रहेको छ । ग्राहकहरुले आफ्नो चाहनाअनुसारको जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरु अवलोकनका साथै छानीछानी खरिद गर्न सक्दछन् ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल तथा नेपाली जुत्ता घरको सहआयोजनामा सुरु भएको मेलाको बिहिवार ३ नं. प्रदेशका अर्थमन्त्री माननीय कैलाश ढुङ्गेल ज्युले एक समारोहका बिच उद्घाटन गरेका छन् । उनले फुटवेयर क्षेत्रले उल्लेख्य रुपमा रोजगारी सिर्जना गर्न सहयोग पुर्याएकोमा प्रशंशा गरे, साथै सरकारले कच्चा पदार्थमा छुट दिन सके अझै यो क्षेत्र फस्टाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

सरकारले निजि क्षेत्रलाई सँगसगै लिएर हिड्न सके आर्थिक समृद्धि हासील हुने कुरा बताउदै, अब प्रदेश सरकारले नेपाली उत्पादनले निर्यात गर्नसक्ने गरी फुटवेयर क्षेत्र लाई सहयोग गर्ने बताए ।

मेला आयोजक संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रविन कुमार श्रेष्ठले उत्पादनको ८० प्रतिशत उत्पादन ३ नं. प्रदेशबाटै भइरहेको अवस्थामा आउने दिनमा राज्य र प्रदेस सरकारले थप प्रत्साहनका कार्यक्रम ल्याउनेमा बिस्वस्त रहेको बताए ।

साथै निजामती कर्मचारी, सेना, पुलिस को प्रयोगमा स्वदेसी उत्पादनका जुत्ताहरुको प्रयोग बढाउन सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो जसका कारण स्वदेसी उत्पादकहरु हौसीने जानकारी दिए ।

मेलाको सहआयोजक नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्याय ले विगतमा २–४ वटा निजि उत्पादकहरुले साना तिना मेला गर्ने गरेको भए पनि अब भने एकिकृत रुपमा फुटवेयर बिजनेस एक्स्पो को रुपमा बृहत मेला सञ्चालन भएको बताए । जसले गर्दा उपभोक्ता लाई पनि सम्पुर्ण ब्राण्डका जुत्ता चप्पल इत्यादि छानीछानी खरिद गर्न सहयोग पुग्नेछ ।

मेलाले ५ करोड बढीको कारोबार गर्ने तथा २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।मेलामा बालबालिकादेखि वृद्धवृद्धाहरु सम्मका लागि आवश्यक पर्ने जुत्ता चप्पलहरु राखिएका छन्, जसले प्रदर्शनीलाई वृहत र भव्य बनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार