• होमपेज
  • अर्थ/वाणिज्य
  • पोखरामा नबिल बैंकको पहिलो प्रादेशिक कार्यालय

पोखरामा नबिल बैंकको पहिलो प्रादेशिक कार्यालय

  • बिहिबार, चैत्र १, २०७४
पोखरामा नबिल बैंकको पहिलो प्रादेशिक कार्यालय

नबिल बैंकले पोखरा स्थित न्यूरोड शाखाको ४ नं. प्रादेशिक कार्यालय तथा तालचोक, बगर र अमरसिंहचोकमा नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । उक्त ४ नं. प्रदेशको प्रादेशिक कार्यालयको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सी.तथा बैंकका संचालक समितीका अध्यक्ष शम्भु प्रसाद पौड््यालले संयुक्त रुपमा गर्नु भएको थियो । साथै बैंकका अध्यक्ष पौड््यालले तालचोक, बगर र अमरसिंहचोक स्थित थप नयाँ शाखाहरुको पनि सोहि दिनमा उद्घाटन गरेका छन् ।

सोही समारोहमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््यालले भने ‘पोखरामा हामीले २०५३ साल देखी नै निरन्तर सेवा दिंदै आएका छौं । पोखरावासीहरुको मद्दतमा आज उद्घाटित ३ वटा शाखाहरु सहित ५ वटा शाखा पु¥्याउन पाउनु मेरो लागि खुशीको कुरा हो । साथै यसरी ५ वटा शाखाहरु खोल्नका लागि जुन लगनशीलता पोखरावासीहरुले यस संस्थालाई उपलब्ध गराइदिनु भयो उहांहरुलाई म मेरो तथा बैंकको तर्फबाट धन्यवाद दिन चाहन्छु ।

साथै नबिल बैंकले गरेको प्रगतीमा हजुरहरुको पनि सोहि अनुसार प्रगती भएको मैले विश्वाश लिएको छु । हामी सबैको प्रगती उन्न्ती भनेको देशको प्रगती हो र देश भित्र बसेका सबै हामीहरु जस्तै दाजुभाई दिदी बहिनीहरुको प्रगती हो भन्ने मैले ठानेको छु । ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने हाम्रो प्रतिबद्धता अनुरुप ५ शाखाहरु मार्फत यस शहरमा सेवा प्रदान गर्न पाउँदा हामीलाई अत्यन्त खुशि लागेको छ ।

साथै राष्ट्रकै पहिलो प्रादेशिक कार्यालयको स्थापना गरी यस क्षेत्रको विकास कार्यमा संलग्न हुन पाएकोमा गोरवान्वित छौं । आवश्यक बैंकिङ्ग सुविधाहरु व्यवसायिक एवं प्रभावकारी रुपमा प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्गङ्ग आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहनेछ ।’

उक्त अवशरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो ‘बैंकको थप नया“ शाखाहरुबाट ग्राहक महानुभावहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नु हुनेछ । देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न क्षेत्रका आङ्खनो शाखा कार्यालयको सजांल बढाउँदै लगिरहेको छ । ’

नबिल बैंकले ६२ वटा शाखाहरुको बृहत सञ्जाल, १०५ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार