• होमपेज
  • समाचार
  • शेयर बजार र बैंकिङ प्रणलीका खलनायक ढुंगाना

शेयर बजार र बैंकिङ प्रणलीका खलनायक ढुंगाना

  • शुक्रबार, चैत्र २, २०७४
शेयर बजार र बैंकिङ प्रणलीका खलनायक ढुंगाना

ज्ञानेन्द्र राजा बन्न खोजे

आफ्नै घरभित्रको झगडा मिलाउन नसकेका एनबी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाको दादागिरी राष्ट्र बैंकको पहलमा अन्त्य भएको छ । एनआइसी एसिया बैंकको ब्याजदरलाई लिएर आफ्नै सदस्य बैंकलाई निलम्बन गर्ने चेतावनी ‘दादागिरी’ चलाउँदै आएका नेपाल बैंकर संघका विवादग्रस्त अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको योजना छताछुल्ल भएको छ ।

आफ्नै बैंकभित्रको युनियनको झगडा मिलाउन नसक्ने असक्षम सीइओ ढुंगानाको योजना विफल भएको हो । नेपाल राष्ट्र बैंकको पहलमा एनआइसी एसिया बैंकले ल्याएको धनवर्षा मुद्दती खाता र प्लस वचत खाताको ब्याजदर फिर्ता लिने भएको छ ।

नेपाल बंगलादेश बैंक (एनबी) को आठ अर्ब चूक्रा पूँजी नपु¥याएका बैंकको वेतिथि सम्हाल्न नसकेका नालायक सीइओ ढुंगानाको दादागिरी बैंकिङ र वित्तीय क्षेत्रमा पूर्व राजा ज्ञानेन्द्र शाहको जस्तै तानाशाही बन्दै गएपछि राष्ट्र बैंकले ढिलै भए पनि हस्ताक्षेप गरेको हो ।

एनबी बैंकमा ८ वर्ष सीइओ भई तेस्रो कार्यकाल सम्हालेका ढुंगानाकोे बैंकभित्रको घोटला काण्ड र अकुत सम्पत्ति काण्डबारे अख्तियार दुरुपयोग अनुसन्भान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा छानबिन भइरहेको छ ।
राष्ट्र बैंकमा रहँदा जित बहादुर र लक्ष्मी बहादुर श्रेष्ठलाई लगाएको गुणको बदलामा एनसीसी बैंक हुँदै एनबी बैंकको सीइओ बनेका थिए ढुंगाना ।

राष्ट्र बैंकबाट जागिर गएपछि एनबी ग्रुपको कमलादीको तत्कालीन एनबी इन्सुरेन्रेन्समा लगभग चार घण्टा कुरेर जित बहादुर र लक्ष्मी बहादुरको खुट्टा समाएर सीइओ बन्न पुगेका ढुंगाना अष्ट्रेलियाको ग्रीनकार्ड होल्डर हुन् ।

उनले एनबी बैंक पुगेपछि १ करोड १८ लाखको गाडी किनेका छन् । १० करोडको बंगाला किनेका छन् । महिनाको ५÷६ लाख तलब खानेले यत्रो सम्पत्ति बसरी कमाए भन्दै सञ्चालक र शेयरधनीहरूले ‘सम्पत्ति छानबिन गरी पाऊँ’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेपछि छानबिन भइरहेको स्रोतको दाबी छ ।

नेपाल बैंकर संघको अध्यक्षको हैसियतमा पार्टी तथा सेमिनारहरूमा पुगेर रक्सी खाएर पाइन्टको चेन फुस्केको पनि थाहा नपाउने नालायक बैंकर हुन् ज्ञानेन्द्र ढुंगाना ।

बैंकमा मैया बैंकर भर्ना गरी आफ्नो हैसियत समेत बिर्सने यी ढुंगानाकै कारण एनआइसी एशिया बैंकका ग्राहक तर्सिए भने शेयर बजार तहसनहस भयो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालका प्यारा यी सीइओ ढुंगानाका समाचारबारे अब डा. नेपालले नै खण्डन गर्ने हो कि ?

गभर्नर डा. नेपालको नाम भजाएर एनआइसी एशिया बैंकलाई कारबाही गर्ने धम्की दिने ढुंगानाका दिन अब गए भनेर आँकलन गर्न थालिएको छ ।

देशमा वाम सरकार छ । अर्थमन्त्री पूर्व गभर्नर डा. युवराज खतिवडा छन् । कांग्रेस गभर्नर डा. नेपालको नाम भजाएर वित्तीय क्षेत्र र शेयर बजार तहसनहस बनाउने नालायक सीइओ नेपाल बैंकर संघका अध्यक्ष ढुंगानामाथि कारबाही होला कि नहोला । त्यो भने हेर्न बाँकी नै छ । ज्ञात रहेस्, कानूनभन्दा माथि कोही पनि छैनन् ।

Facebook Comments

सम्बन्धित समाचार