• होमपेज
  • समाचार
  • एन आई सी एशिया रुपन्देहीको कोटिहवामा

एन आई सी एशिया रुपन्देहीको कोटिहवामा

  • सोमवार, माघ २९, २०७४
एन आई सी एशिया रुपन्देहीको कोटिहवामा

एन आई सी एशिया बैंकको नयाँ शाखा तिलोत्तमा न.पा. वडा नं. १५, कोटिहवा, रुपन्देही स्थित कोटिहवा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको एक समारोहका बिच नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोक कुमार पौडेलबाट विधिवत् समुद्घाटन सु–सम्पन्न गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । कोटिहवा शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार