• होमपेज
  • समाचार
  • कृषि विकास बैंक चारी काण्डमा सेनाका सहायक रथी फस्ने

कृषि विकास बैंक चारी काण्डमा सेनाका सहायक रथी फस्ने

  • सोमवार, माघ २९, २०७४
कृषि विकास बैंक चारी काण्डमा सेनाका सहायक रथी फस्ने

 

‘पैसा देखपछि महादेवको ३ नेत्र खुल्छ’ भन्ने नेपाली उखान अहिले बैंक र वित्तीय क्षेत्रमा देख्न थालिएको छ । बैंक ठगीमा वाणिज्य बैंक र विकास बैंकका दर्जनौं सञ्चालक फरार छन् । केही सजाय भोगी रहेका बेला सरकारी कृषि विकास बैंकमा नेपाली सेनाका बहावाला सहायक रथी डा. रमेश विष्टको आडमा ५ करोड भन्दा बढी रकम न्यूरोड शाखाको सहायक टे«लर (मोडल बैंकर) दीपिका रेग्मीले ठगी गरेको फेला परेको छ ।

मामा भाञ्जीको नाताको साइनो बनाएकी यो प्रेम जोडीको संलग्नतामा भएको ठगीको रकम सहायक रथी डा. विष्टको खातामा ३३ लाख फेला परेपछि उनीलाई सेनाले पक्राउ गरी अनुसन्धान समेत गरेको छ ।
यतिमात्रै होइन, ती महिला मोडल बैंकरले बैंकबाट ठगी गरेको रकमबाट खरिद गरेको २ केजी सुनको गहना कृषि विकास बैंकमा उनकै लकर भित्रै फेला परेको छ ।

कस्तो अचम्म ! जनताको पैसा सेनाका उपरथी डा.विष्टको योजनामा ती बैंकर रेग्मीले ५ करोड भन्दा बढी रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

नेपालबा बैंक र वित्तीय क्षेत्रमा बैंक सञ्चालकदेखि बैंक कर्मचारीको समेत बैंक ठगी काण्डमा हात रहँदै आएको छ ।
हिमालयन बैंकको कार्ड शाखाका कर्मचारीले ५ करोड ठगी गरे । यस्तै सिभिल बैंकका कार्डकै कर्मचारीले ४० लाख ठगी गरे । यी त उदाहरण मात्रै हुन ।

बैंक संचालक कमल ज्ञावली फरार छन् । कोही अमेरिका पुगी बसेका छ । सुन्दा अचम्म लाग्ने नेपाली सेनाका सहायक रथीकै संलग्नतामा यसरी बैंक ठगी भएको यो पहिलो घटना हो ।

छोटो समयमा धेरै कमाई गर्ने सोचका कारण बैंकका कर्मचारी आफ्नै बैंकलाई ठगी गरेर फरार हुने क्रम बढेको छ । हालै मात्र बैंकको रकम दुरुपयोग गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत महेश्वर डंगोललाई पक्राउ गरेको हो । डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ । उनलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले बताएको छ ।

यसअघि, कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको अभियोगमा बैंककै कर्मचारी (सहायक टेलर) दीपिका रेग्मीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ५ करोड ९१ लाख हिनामिना गरेको प्रहरीको दाबी छ ।

यसअघि पनि करिब तीन दर्जन बैंक सञ्चालक र कर्मचारीले बैंकलाई ठगी गरेको उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग छ । दुई महिनाअघि मात्रै, धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जना पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा १५ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको थियो ।

सुन धितो राखेर कर्जा लिने र कर्जा दिने कार्यमा संलग्न कर्मचारीहरु होमबहादुर भट्टराई, शंकर न्यौपाने, पुष्पराज घिमिरे, रामकिशोर मेहता, सानुबाबु श्रेष्ठ र विद्या तामाङका साथमा सुन व्यापारी एवं ऋणी माधव रिजाल, संगीत रसाइली, लालबहादुर विक, सन्तोष रसाइली, सुनिल विक, ज्ञानेन्द्र पुर्कोटी र लीजा थापामगर पक्राउ परेका थिए ।

यसबाहेक, तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहेका कमल ज्ञवाली १५ करोड १६ लाख रुपैयाँ ठगी गरेर बैंकको अस्तित्व नै समाप्त पारेपछि अहिले सजायँ भोगिरहेका छन् । उनलाई अदालतले चार बर्षको जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ जरिवाना सुनाएको छ । ललितपुरको पाटनमा रहेको उच्च अदालतले ज्ञवाली, उनकी श्रीमती र अन्य ४ जनालाई बैकिङ कसुरमा कैद र जरिवाना फैसला गरेको हो ।

ज्ञवालीलाई सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोग लागेको थियो । अदालतले ज्ञवालीकी पत्नी गौरी खनाललाई ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गरेको छ । सोही मुद्दामा ऋणी किशोर ढकाललाई ४ वर्ष कैद र ५० लाख रुपैयाँ, धितो मूल्यांकनकर्ता कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिवाना भएको छ । यी त उदाहरण मात्रै हुन् ।

यसबाहेक, क्यापिटल मर्चेन्ट तथा फाइनान्स लिमिटेडका बैंक सञ्चालक र उनीहरूसँग जोडिएको व्यक्तिहरूले विभिन्न मितिमा सात अर्ब ७३ करोड ५७ लाख रुपैयाँ ठगी गरेका थिए । मदन कार्कीले बैंकका कर्मचारीसँग मिलोमतो गरेर कमसल जग्गा धितो राखेर करिब सात करोड ६४ लाख ठगी गरेका छन् । उनी अहिले बैंकिङ कसुर मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् । त्यसरी नै किरणकेशर नेपालले पनि फाइनान्सबाट नौ करोड रुपैयाँ ठगी गरेका छन् ।

त्यस्तै, एनबी समूहका लक्ष्मीबहादुर र जीतबहादुरले एनबी बैंकको करिब तीन करोड र श्रीलंका मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको सोही बराबरको रकम ठगी गरेका छन् । यी दुवै वित्तीय संस्थाका सञ्चालक हुन् । सिभिल बैंक बानेश्वर शाखाका कर्मचारीले एक करोड २३ लाख बैंकलाई ठगी गरेका छन् भने नेपाल सेयर मार्केट एन्ड फाइनान्स कम्पनीका कार्याकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठले पाँच अर्ब ९७ करोड ठगी गरे । कृषि विकास बैंकका स्वयम्भू उपशाखा प्रमुख केदार गौतमले ३३ करोड ९३ लाख ठगी गरेका छन् । तरपनि अझै बैंक र वित्तिय क्षेत्रमा ठगी क्षेत्रमा ठगी गर्ने गिरोहको कोसिस देखिन्छ ।

पछिल्लो समय बढिरहेको राजनीतिक अपराधिकरणका कारण यस्ता ठगीहरु दिनप्रतिदिन बढ्दै गएको प्रहरीको दाबी छ । राजनीतिक दलको संरक्षणमा थुप्रै ठगीहरु भइरहेका छन् । सुखसयलमा रमाउने मानवीय प्रवृत्तिका कारण पनि यस्ता अपराधहरु बढिरहेको छ । छोटो समयमा धनी बन्ने लोभले मानिसहरु अपराधिक क्रियाकलापमा लाग्ने गर्दछन् । हुन त, बैंक तथा वित्तीय संस्थामा अरु कम्पनीहरुमा भन्दा बढी पारिश्रमिक दिइन्छ । तर, पनि संस्थागत सुशासन तथा ऐन नियमलाई उच्च व्यवस्थापनबाटै मिचिँदै आएको छ । यसमा नियामक निकाय तथा बैंक आफैंले पनि निगरानी गर्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

गलत मनोवृत्ति भएको एक व्यक्तिका कारण कुनै पनि वित्तीय संस्थाले वर्षौँदेखि कमाएको विश्वास गुम्न जाने हुँदा समयमा नै सतर्कता अपनाउनुपर्ने जानकारहरु बताउँछन् । यता हालै भएको कृषि विकास बैंक ठगी प्रकरणमा नेपाली सेनाका सहायक रथी डा.रमेश विष्टको समेत संलग्नताको आशंका प्रहरीले गरेको छ । बैंकका कर्मचारीको मिलेमतोमा कृषि विकास बैंक लिमिटेड काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट ठगी गरिएको रकम नेपाली सेनाका सहायक रथीको खातामा भेटिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटना अनुसन्धानको क्रममा ठगी गरिएकोमध्ये करीब ७० लाख रुपैयाँ सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सहायक रथी डा. रमेश बिष्टको बैंक खातामा जम्मा भएको देखिएको हो ।
अन्तरशाखा कारोबार हिसाब ‘क्लियरिङ’को रकम ‘पेण्डिङ’ भएको देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी बैंकलाई हानि नोक्सानी पु¥याएको आरोपमा ब्युरोले बैंक कर्मचारी सहित तीनजनालाई हिरासतमा लिएपछि सहायक रथीको समेत संल्गनता देखिएको हो।

बैंकको मौज्दात रकम करिब रू. ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न कृषि विकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रको जाहेरीको आधारमा ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट रेग्मीसहित ३ जनालाई पक्राउ गरेपछि उक्त रहस्यको पर्दाफास भएको हो ।

रेग्मीसहित पक्राउ परेका कृषि विकास बैंक न्यूरोड शाखामै कार्यरत उनका सहयोगी (अर्दली) रमेशकुमार थापा र दुर्गा ज्वेलर्स बालाजुका सञ्चालक प्रकाश घतानीलाइ बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उच्च अदालत पाटनबाट पाँच दिनको म्याद लिई अनुसन्धान शुरु गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

सीआईबी स्रोतका अनुसार पक्राउ परेकी रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले विभिन्न बैंकको चेकमार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रिक चेक क्लियरेन्स (ईसीसी) मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिइसकेपछि उक्त भुक्तानी गरेबापत ‘जेनेरेट’ गरेको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः ईसीसीमार्फत कृषि विकास बैंकमा रहेको सहायक रथी बिष्टलगायत आफू निकटस्थहरुको खातामा जम्मा गर्ने गरेको र सो रकम सुनचाँदीलगायतका अन्य सामग्री किन्न प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको छ । अभियुक्त रेग्मीले सहायक रथी डा. बिष्टलाई मामा भनेर सम्बोधन गर्ने गरेको र बिष्टले पनि उनलाई भाञ्जी भन्ने गरेको र उनीहरुबीच बाक्लो उठबस र सम्पर्क रहेको अनुसन्धानमा खुल्न आएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

बैंकिङ ठगीमा संलग्नता देखिएपछि सीआईबीको टोलीले बिष्टलाई गत हप्ता नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछको क्रममा उनी नेपाली सेनाको सहायक रथी रहेको खुल्न आएपछि सीआईबीले कागज गराएर उनलाई नियन्त्रणमुक्त गरेको थियो ।

फौजदारी कसुर कर्तव्यज्यान र जबरजस्ती करणीबाहेकका कसुरमा संलग्नताको आरोप लागेका नेपाली सेनाका कर्मचारीलाई सैनिक ऐन २०६३ अनुसार नेपाली सेनाले आफैँ कोर्टमार्शल गर्ने गर्दछ । सोही कारण सीआईबीले अनुसन्धानपश्चात् नेपाली सेनाको सैनिक प्रहरीलाई पत्र लेख्ने गरी नियन्त्रणमुक्त गरेको खुल्न आएको छ ।

बैंकिङ कसुरजस्तो अपराधमा सेनाका उच्च अधिकारीको संलग्नता देखिएपछि सीआइबीले उक्त घटना सम्बन्धमा गम्भीरताका साथ अनुसन्धान सुरु गरेको छ । ‘पक्राउ परेका अभियुक्तहरूको विवरण सार्वजनिक गरिसकेका छौं, अन्यको संलग्नताको विषयमा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,’ सीआईबीका निर्देशक डीआईजी पुष्कर कार्कीले भने । उनले घटनाको बिस्तृत अनुसन्धान हुने बताउँदै आरोप पुष्टि भएमा पद, ओहदा र संस्थाको आधारमा बचाउ नहुने स्पष्ट पारे।

बैंककी सहायक टेलर रेग्मीको मुख्य योजनामा बैंकलाई हानिनोक्सानी भएको रू. ४ करोड ९१ लाख रुपैयाँमध्ये केही रकम प्रकाश घतानीको कृषि विकास बैंकको खातामा समेत जम्मा हुने गरेको र सोबापत प्रकाश घतानीले रेग्मीलाई सुनका गरगहना दिने गरेको अनुसन्धानमा खुल्न आएको छ । यस्तै कार्यालय सहयोगी (अर्दली) पदमा कार्यरत रमेशकुमार थापाले रेग्मीको सहयोगीको रुपमा काम गरेको खुल्न आएको सीआईबीले जनाएको छ ।

नेपाली सेनाका सहायक रथी यसरी तानिए

कृषि विकास बैंक न्युरोड शाखामा करिब पाँच करोड रुपैयाँ हिनामिना भएको घटनामा नेपाली सेनाका बहालवाला सहायक रथीको समेत संलग्ना रहेको पाइएको छ । बैंकबाट हिनामिना भएको रकम मध्ये ३३ लाख रुपैयाँ सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्टको बैंक खातामा भेटिएपछि उनीमाथि प्रहरीले अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत विष्टको बैंक खातामा कृषि विकास बैंकबाट हिनामिना भएकोमध्ये ३३ लाख रुपैयाँ भेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । श्रेष्ठले बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान जारी रहेको समेत जानकारी दिए ।
‘सेनाभित्र हुने कर्तव्य ज्यान र जवर्जस्ती करणीका घटनामा मात्रै प्रहरीले हेर्ने अधिकार छ,’ सिआईबीका प्रवक्ता श्रेष्ठले भने, ‘अन्य विषयमा सेना आपैmँले हेर्ने भएकाले हामीलाई थाहा हुँदैन ।’

स्रोतकाअनुसार यस विषयमा सेनाभित्रबाटै अनुसन्धान भइरहेको छ । ‘कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा सेनाका उच्च अधिकारी मुछिएको भन्ने सूचना आएको छ, घटनाबारे अनुसन्धान भइरहेको छ,’ सैन्य उच्च स्रोतले भन्यो, ‘बैंकको रकम हिनामिनामा संलग्नता पुष्टि भए कारबाही अघि बढाइनेछ ।’

बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना भएको थियो । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार बैंकमा सहायक ट्रेलरका रूपमा कार्यरत नागार्जुन–१ बस्ने ३२ वर्षीया दीपिका रेग्मी हुन् । घटनामा संलग्न काठमाडौं–३२ का प्रेमहरि ढुंगेल, टोखा–८ का गोपाल गिरी, चन्द्रागिरी–५ का महेश्वर मरहट्ठा, काठमाडौं–१६ का प्रकाश घतानी र काठमाडौं–३२ का रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धन गरिरहेको प्रहरी स्रोतको दाबी छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँडेका थिए । यो प्रकरणमा अनुसन्धान जारी नै रहेकाले अहिले केही भन्न नमिल्ने प्रहरीको भनाइ भेटिएको छ ।
यता सरकारी बंैकमा राखिएको पैसा कर्मचारीले नै उडाउन थालेपछि बैंकप्रतिको विश्वसनीयतालाई लिएर सर्वसाधारण सशंकित हुन थालेका छन् ।

लकर भित्र दुई किलो गहना

कृषि विकास बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेकी दीपिका रेग्मीको बैंक लकरबाट दुई किलो (१७० तोला) सुनका गहना बरामद गरिएको छ । ३२ वर्षीया रेग्मीले सो गहना बैंकबाट हिनामिना गरेको रकमबाट खरिद गरेको बयान दिइकी छन् । घरमा हराउने र बैंकमा स्रोत खुल्ने डर भएपछि उनले आफू कार्यरत बैंकको निजी लकरमा गहना राखेको प्रहरीको भनाइ छ । बैंकको लकरमा थरीथरीका सुनका गहना फेला परेपछि अनुसन्धानमा खटिएका प्रहरी नै चकित परेका थिए ।

अनुसन्धानमा खुल्यो बैंकमा लकर रहेको रहस्य

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले रेग्मीको लकरबाट १७० तोला सुनका गहना फेला परेको बताए । ‘बैंकबाट हिनामिना गरिएको रकम खोज्दै गयौँ । बैंकमा उनको (रेग्मी) को निजी लकर छ भन्ने खुल्यो । लकरभित्र सुनका अनगिन्ती गहना फेला परे । जोख्दा दुई किलो सुनका गहना रहेछन्,’ उनले भने ।
प्रहरीका अनुसार रेग्मीले बैंकमा रहेको लकर सम्बन्धमा केही जानकारी दिएकी थिइनन् ।

हिनामिना भएको रकम पहिल्याउँदै जाने क्रममा कृषि विकास बैंक न्युरोड शाखा कार्यालयमा उनको निजी लकर रहेको खुलेको हो । सुरुमा प्रहरीले उनलाई लकर खोल्न भने पनि इनकार गरेकी थिइन् । शंकास्पद देखिएपछि प्रहरीले बैंक व्यवस्थापनको सहयोगमा उनको निजी लकर खोलिएको थियो ।

‘बैंकमा उनको लकर रहेको खुलेपछि खोल्न भन्यौँ । तर, उनले मानिनन् । पछि बैंकको सहयोगमा खोलेर हेर्दा त थुपै्र गहना फेला परे,’ सिआइबी प्रवक्ता एसपी जीवन श्रेष्ठले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा