• होमपेज
  • समाचार
  • मुक्तिनाथ मुलुकभर ७४ वटा शाखाबाट सेवा दिँदै

मुक्तिनाथ मुलुकभर ७४ वटा शाखाबाट सेवा दिँदै

  • सोमवार, माघ २९, २०७४
मुक्तिनाथ मुलुकभर ७४ वटा शाखाबाट सेवा दिँदै

 

मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. १० बानेश्वरमा रहेको शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरी संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, पुर्व परराष्ट्र मन्त्री तथा अर्थमन्त्री डा. भेष बहादुर थापाले उक्त शाखाको उद्घाटन गरेका छन् ।

बैंकको शाखा उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बैंकको कारोबार तथा भावी रणनीति सम्बन्धमा बोलेका थिए । कार्यक्रममा बैंकको अन्य संचालक, संस्थापक सदस्यहरु, स्थानिय व्यापारी, बुद्धिजिवी, पत्रकार तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अब मुक्तिनाथ बैंक काठमाडौँ उपत्यकामा ९ वटा शाखा र उपत्यकाबाहिर ६५ वटा शाखा सहित मुलुकभर कुल ७४ वटा शाखामा आफ्नो पहुँच पु¥याएको छ ।

बैंकले २०७४ पौष मसान्तसम्म कुल निक्षेप गतवर्षको सोही अवधिको तुलनामा ४९।०८ प्रतिशतले बृद्धि भई रु। २१ अर्व ७४ करोड पुगेको छ भने कुलकर्जा लगानी ४७।६६ प्रतिशतले वृद्धि भई रु। १९ अर्व ३३ करोड पुगेको छ । साथै, यस अवधि सम्मको खुद मुनाफा गतवर्षको सोही अवधिको तुलनामा १८।४४ प्रतिशतले वृद्धि भई रु। २६ करोड ४४ लाख रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार