• होमपेज
  • समाचार
  • सिटिजन्सद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग प्रदान

सिटिजन्सद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग प्रदान

  • सोमवार, माघ २९, २०७४
सिटिजन्सद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग प्रदान

 

“योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई रू एक लाख पचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

एक भब्य कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको सहभागितामा एक लाख पचास हजारको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरिएको थियो । बेबी लाईफ होममा रहेका २३ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राज कुमार पुनले जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बालबालिकाको मनोबल बढाउने जानकारी दिए । सोही प्रसङ्गमा बोल्दै भण्डारीले बालबालिकालाई सुखमा मातिन र दुखमा नआतिन बालबालिकालाई हौसला प्रदान गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार