• होमपेज
  • समाचार
  • थामखर्क विमानस्थल कालोपत्र सुस्त गतिमा

थामखर्क विमानस्थल कालोपत्र सुस्त गतिमा

  • बिहिबार, माघ ४, २०७४
थामखर्क विमानस्थल कालोपत्र सुस्त गतिमा

दुई वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्र थालिएको थामखर्क विमानस्थलको काम सुस्त गतिमा भइरहेको छ । विमानस्थल कालोपत्रको अहिलेसम्म ३५ प्रतिशतमात्र काम सम्पन्न भएको निर्माणस्थलमा खटिनुभएका फिल्ड सुपरभाइजर दानबहादुर श्रेष्ठले बताउनुभयो ।

उडान शुरु गरेको १८ वर्षसम्म कालोपत्र हुन सकेको थिएन । थामखर्क विमानस्थलमा रौता कन्स्ट्रक्सन कम्पनीले २०७३ माघदेखि कालोपत्र शुरु गरेको हो भने २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी जिम्मा लिएको हो । विमानस्थल निर्माणमा अहिले १५ जना कामदारले मात्र काम गरिरहेका छन् ।

विसं २०५६ बाट उडान शुरु भएको थामखर्क विमानस्थल कालोपत्रको काम ठेकेदारको लापरबाहीका कारण सुस्त गतिमा भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु नौ करोड ३८ लाख ६८ हजार लागतमा उक्त विमानस्थलको धावन मार्ग कालोपत्र भइरहेको छ ।

कालोपत्रको काम छिटो सम्पन्न गर्न दबाब दिँदै आएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । कालोपत्रका लागि विमानस्थलको धावन मार्गमा ढुंगा तथा गिटी थुपारिएपछि उक्त विमानस्थलमा नौ महिनादेखि हवाई सेवा अवरुद्ध छ । विमानस्थल कालोपत्र भएपछि जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दासँगै भोजपुरका सर्वसाधारणले समेत सेवा पाउने छन् । नियमित हवाई सेवा सञ्चालन भए काठमाडौँलगायत तराईका विभिन्न जिल्लासम्म आवतजावत गर्न सहज हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा