• होमपेज
  • कृषि
  • सुपारी र रबर खेतीलाई टेवा पुर्याउन योजना

सुपारी र रबर खेतीलाई टेवा पुर्याउन योजना

  • बिहिबार, माघ ४, २०७४
सुपारी र रबर खेतीलाई टेवा पुर्याउन योजना

कृषि विकास राज्यमन्त्री सरिता प्रसाईले चिया उत्पादकलाई ग्राह्यता दिन चिया ब्राण्ड आएको र झापामा एक शीत भण्डारगृह निर्माण हुने बताउनुभएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित आदर्श टोलमा जनआदर्श सिँचाइ योजनाद्वारा आयोजित नयाँ प्रविधिमा आधारित सिँचाइ योजनाको शिलान्यास गर्दै उहाँले झापामा बढ्दै गएको सुपारी र रबर खेतीलाई टेवा पु¥याउन कृषकको मागअनुसार योजना आएको बताउनुभयो ।

सो अवसरमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले करिब रु ४७ लाखको लागतमा निर्माण हुने सो योजना एकदमै नयाँ भएको र यसबाट गाउँपालिका वडा नं २ का २१ घरधुरीका १३ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने जानकारी दिँदै सौर्य ऊर्जामार्फत इनारबाट पानी तानी ट्यांकीमा भण्डारण र फिरफिरेको माध्यमबाट किसानको खेतसम्म पानी पु¥याइने सो प्रविधिको विशेषता भएको वताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि