• होमपेज
  • समाचार
  • पूर्वार्ध डेरीको कृषि राज्यमन्त्री प्रसाईंद्वारा उद्घाटन

पूर्वार्ध डेरीको कृषि राज्यमन्त्री प्रसाईंद्वारा उद्घाटन

  • बिहिबार, माघ ४, २०७४
पूर्वार्ध डेरीको कृषि राज्यमन्त्री प्रसाईंद्वारा उद्घाटन

झापाको अर्जुनधारा नगरपालिका–८ स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गर्नुभएको छ ।

व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पूरक अनुदान रु ९९ लाख ८८ हजार र स्थानीय पूर्वार्ध कृषि सहकारी संस्था लिको रु एक करोड ५५ हजार ५६७ संयुक्त लगानीमा सो उद्योग स्थापना भएको हो ।

दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको सो उद्योगबाट स्थानीयस्तरमा रहेका कृषकले दूधको उचित मूल्य पाउने, कृषक व्यावसायिक पशुपालनमा आकर्षित हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुनेलगायतका उपलब्धि प्राप्त गर्न सकिने बताइएको छ ।

दुग्ध प्रशोधन केन्द्रका रुपमा रहेको सो उद्योगबाट संस्थाका ७०० र ५० पशुपालक कृषकसहित जम्मा ७५० जना लाभान्वित हुने बताइएको छ ।

सो उद्योगबाट अर्जुनधारा ब्राण्डका दूध, दही, मही, घ्यू, पनिर, आइसक्रिमलगायतका दूधजन्य खाद्यवस्तु उत्पादन हुने संस्थाका अध्यक्ष कमलबहादुर भण्डारी बताउनुहुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार