• होमपेज
  • Uncategorized
  • चितवनमा बिक्री हुने मासु अस्वस्थकर, पशु बधशाला नुहँदा समस्यै समस्या

चितवनमा बिक्री हुने मासु अस्वस्थकर, पशु बधशाला नुहँदा समस्यै समस्या

  • बिहिबार, कार्तिक २३, २०७४
चितवनमा बिक्री हुने मासु अस्वस्थकर, पशु बधशाला नुहँदा समस्यै समस्या

प्रकाश सिग्देल,

चितवन, कार्तिक २३–

पशु बधशाला तथा मासु जाँच ऐन, नियम निर्देशिका कार्यान्वयनमा ल्याउन सके उपभोक्ताले स्वास्थ्यकर मासु उपभोग गर्न पाउने सरोकारवालाहरुले बताएका छन् ।

चितवनको भरतपुरमा आयोजना भएको पशु बधशाला तथा मासु जाँच ऐन, नियम निर्देशिका कार्यान्वयन विषयक छलफल कार्यक्रममा सहभागिहरुले पशु बधशाला ऐन कार्यान्वयनमा नआउँदा उपभोक्ता गुणस्तर हिन र अस्वस्थकर मासु खान बाध्य भएको बताएका हुन् ।
चितवनको बजारमा पाईने मासु आँखाले हेर्दा सफा देखिएपनि स्वस्थकर छ भन्ने कुनै खालको प्रमाण नभएको जिल्ला पशुसेवा कार्यालय चितवनका पशु चिकित्सक डा.विकास श्रेष्ठले बताउनु भयो ।

सुधारिएका मासु पसलमा सफा मासु बिक्री भएपनि त्यहाँको मासु पनि स्वच्छ छ भन्ने कुनै ग्यारेन्टी नभएको उहाँले बताउनु भयो । मासुजन्य चिज भेटनरी डाक्टरले परीक्षण गरी स्वस्थकर रहे मात्रै बिक्री गर्न अनुमति दिनुपर्ने हुन्छ । तर चितवनमा त्यस्तो अवस्था देखिदैन् ।

पशु बधशाला र मासु जाँच ऐन २०५५मा ईजाजत नलिई पशु बधशाला स्थापना गर्न वा मासु बिक्री गर्न नपाईने, पशु बधशालाको स्थापना हुनु पर्र्ने, मासु निरीक्षकको नियुक्ती गर्नु पर्ने, पशु बध गर्नु अघि जचाउनु पर्ने, बध गरिएको पशुको मासु जाँच गर्नुपर्ने, पशु बधशालामा मात्रै बध गर्नुपर्ने, मासुमा निरिगोतिको छाप चिन्ह लगाउनु पर्ने, मिसावट गरी मासु बिक्री गर्न नपाईने लगाएतका नियमहरु रहेका छन् ।
पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीको स्वस्थ्य रुपमा उत्पादन मापदण्ड अनुरुप गुणस्तर कायम राख्न ऐन कार्यान्वयन गर्नु आवश्यक रहेको जिल्ला पशुसेवा कार्यालय चितवनका वरिष्ठ पशुचिकित्सक डा.डिल्लिराम सेडाईले बताउनु भयो ।

पशु बधशाला तथा मासु जाँच ऐन, नियम निर्देशिका कार्यान्वयन हुन सके उपभोक्ताहरुले स्वस्थ्य कर मासु सेवन गर्न पाउने र मासुबजार ब्यवस्थित हुनाका साथै मासु ब्यवसायीलाई पनि त्यसले ठूलो फाईदा पुग्ने नेपाल मिट प्रशोधन उद्योग गैंडाकोटका म्यानेजर रामचन्द्र पण्डितले बताउनु भयो । ढाडमा हानेर कुखुरा मार्ने, रगत नबगाउने, रगत ग्राहकलाई खुवाउने प्रवृत्तिको अन्त्य हुने उहाँ बताउनु हुन्छ । मासु बधशाला ऐन अनिवार्य कार्यान्वयन गर्नुपर्ने र त्यो उपभोक्ता बिक्रेता सबैको हितमा रहेको भेटेरीनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरका पशु चिकित्सक डा. रेशव गुरागाईले बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह प्रमुख अतिथी रहनुभएको थियो ।

सो अवसरमा उहाँले मासु बजार ब्यवस्थापन गर्न आवश्यक रहेको र त्यसका लागी ऐन कार्यान्वयनमा आउनु पर्ने बताउनु भयो । कार्यक्रम भेटेरीनर जनस्वास्थ्य कार्यालय काठमाण्डौले आयोजना गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने