• होमपेज
  • Uncategorized
  • भियतनाममा आँधीबाट ६९ जनाको मृत्यु

भियतनाममा आँधीबाट ६९ जनाको मृत्यु

  • मङ्लबार, कार्तिक २१, २०७४
भियतनाममा आँधीबाट ६९ जनाको मृत्यु

हनोई,कार्तिक २१ –

भियतनाममा गएको शनिबार आएको डाम्रोइ आँधीका कारण कम्तीमा पनि ६९ जनाको मृत्यु भएको समाचार छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आइतबार जानकारी दिएको छ ।

कडा हावा हुरीका कारण अरु दर्जनौँ व्यक्ति हराएका छन् । हराइरहेका व्यक्ति अहिले पनि खतराको अवस्थामै छन् वा मरिसके भन्ने बारेमा अहिले यकिन हुन नसकेको दैवै प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन् ।

आइतबार बिहानसम्म जारी सो आँधीबाट त्यहाँको भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको जनाइएको छ ।

आँधीले करिब एक हजार वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । अरु ३९ हजार ७०० घरमा बढी मात्रामा नै क्षती पु¥याएको छ । त्यसैगरी करिब ४० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको छ ।

आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेलयातायातमा क्षति पु¥याएको पनि अधिकारीहरुले जनाएका छन् । – रासस÷सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा