• होमपेज
  • समाचार
  • अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा

अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा

  • मङ्लबार, कार्तिक २१, २०७४
अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा

ओसान,कार्तिक २१ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार दक्षिण कोरिया पुगेका छन् । एसिया भ्रमणको क्रममा उनी सोमबार जापानमा थिए । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका उनी जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुगेका प्राप्त समाचारमा जनाइएको छ । फ्रान्सेली समाचार समिति, एएफपीकाअनुसार राष्ट्रपति ट्रम्प एसियाको १२ दिने भ्रमणको दोस्रो देशका रुपमा दक्षिण कोरिया पुगेका हुन् । दक्षिण कोरिया उनको दुई दिने भ्रमण हो ।

उनको एयर फोर्स बिमान दक्षिण कोरियाको ओसान सहरमा रहेको हवाई सैन्य क्याम्पको विमानस्थलमा मङ्गलबार बिहान अवतरण गरेको थियो ।

सो विमानस्थलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले राष्ट्रपति ट्रम्पलाई स्वागत गरेका थिए । राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न सो विमानस्थलमा दक्षिण कोरियाका उच्च पदस्थ अधिकारीहरु उपस्थित भएका थिए ।
पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो ।

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ । – रासस/एएफपी

Facebook Comments

सम्बन्धित समाचार