• होमपेज
  • समाचार
  • सुन्दर शान्त नेपाल बनाउन मेरो उम्मेद्वारीः स्वतन्त्र उम्मेद्वार अधिकारी

सुन्दर शान्त नेपाल बनाउन मेरो उम्मेद्वारीः स्वतन्त्र उम्मेद्वार अधिकारी

  • मङ्लबार, कार्तिक २१, २०७४
सुन्दर शान्त नेपाल बनाउन मेरो उम्मेद्वारीः स्वतन्त्र उम्मेद्वार अधिकारी

चितवन, कार्तिक २१–

प्रतिनिधि सभा तर्फ चितवन क्षेत्र नं.३ मा स्वतन्त्र उम्मेद्वारी दिएका युवा प्रवेश अधिकारीले नेपाललाई सुन्दर र शान्त देश बनाउन आफूले उम्मेद्वारी दिएको बताएका छन् ।

आज भरतपुरमा पत्रकार भेटघाट गर्दै अधिकारीले आफू युवाहरुको प्रतिनिधित्व गर्दै चितवनलाई सुसम्पन्न बनाउन उम्मेद्वारी दिएको बताए । “म चितवन जिल्लाकै कान्छो उम्मेद्वार हुँ, समयले पर्खदैन, देश बनाउने समय यही हो”–उम्मेद्वार अधिकारीले भने । उनी कलम चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । अहिले प्रचार–प्रसारका काम लिएर जनताको घरदैलोमा जाने तयारी भईरहेको बताए ।

पूर्व संचारकर्मी समेत रहेका अधिकारीले नेताहरुले आश्वासन मात्रै बाड्ने भन्दै जिम्मेवारी पुरा गर्ने दायित्व युवाहरुको काधमा आईपुगेको बताए । उनले परिवर्तन चाहने मतदाताहरुले आफूलाई मत दिने विश्वास व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार