• होमपेज
  • समाचार
  • सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

  • मङ्लबार, कार्तिक २१, २०७४
सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, कात्तिक २१ –

सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुन आज तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको हो ।

यस्तै हिजो तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार