• होमपेज
  • समाचार
  • सिराहामा कपडा चोरी पैठारीमा संलग्न तीनजना पक्राउ

सिराहामा कपडा चोरी पैठारीमा संलग्न तीनजना पक्राउ

  • मङ्लबार, कार्तिक २१, २०७४
सिराहामा कपडा चोरी पैठारीमा संलग्न तीनजना पक्राउ

सिराहा,कार्तिक २१ –

सिराहा भन्सार कार्यालयले कपडा चोरी पैठारीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । भन्सार कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निजहरुलाई सिराहा जिल्ला कल्याणपुर नगरपालिका अन्तर्गत कमला नदीको चत्री घाटबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनुषाको जनकनन्दनी गाउपालिकाका-३ का अशोककुमार महतो, सोही स्थान बस्ने मोहम्द फिरोन राईन र सिरहा जिल्ला कल्याणपुर नगरपालिका-१ बनिनियाका सन्तोषकुमार मन्डल छन् ।

उनीहरुले उक्त कपडा भारत बिहारको जयनगरबाट धनुषा जिल्ला हुदै कमला नदीको चत्री घाटबाट डुंगामा तारेर सिराहा जिल्लाको चत्री बनिनिया कल्याणपुर हुँदै सिराहका विभिन्न स्थानहरुमा लैजाँदै गरेको बुझिएको छ ।

उनीहरूको साथबाट १८ लाख मुल्य बराबरको विभिन्न किसिमका कपडाको १७ पोका र एउटा मोटरसाइकल समेत बरामद भएको छ । एक महिनाभन्दा पनि कम समयमा भन्सार कार्यालयले यति धेरै परिमाणमा कपडा बरामद गरेको यो तेस्रो पटक हो ।

यसअघि असोज ३० गते भन्सार कर्मचारीहरुको गस्ती टोलीले सिराहा जिल्ला लहान नगरपालिका बर्छैवाबाट दुई जनालार्इ दुई लाख रुपैयाँ मूल्य बराबरको कपडा पक्राउ गरेको थियो।

यस्तै असोज ३१ गते पनि सिरहा नगरपालिकाको सिरहा बजारदेखि दक्षिण पूर्वी कुनामा पर्ने छोटकी टोलाबाट भन्सार छलेर नेपाल भित्र्याइएको २२ लाख रुपैयाँ मुल्यको कपडासहित दुई जनालाई पक्राउ गरेको थियो ।

चोरी पैठारी ∕ निकासी न्युनीकरण गरी राजस्व असुली बृद्धि गर्न कार्यालयले नियमित गस्ती टोली परिचालन गरिरहेको छ। नेपाल भारत खुल्ला सीमाका कारण पछिल्लो केही समयदेखि भारतबाट भन्सार छलेर व्यापक रुपमा चोरी पैठारी बढेपछि साउनदेखि नै राजश्व असुलीमा ५० प्रतिशतले गिरावट आई लक्ष्यअनुसारको राजश्व असुली हुन सकेको छैन ।

सीमित जनशक्तिको कारण आवश्यकता अनुसार गस्ती परिचालन गर्नमा हुने कठिनाई, एकिन सूचनाको कमी तथा व्यापक तस्कर संजाल र तिनीहरुबाट हुने मोटरसाईकल र मोबाईलको प्रयोगले चोरी पैठारी ∕ निकासी न्युनीकरण गर्न कठिनाई परेकोले दैनिक लाखौं मूल्यको सामानहरु भन्सार छलेर भित्रिन सक्ने अबस्था रहेको भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।

यी करणले कार्यालयको चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा क्रमशस् ५६, ६२, र ३७ प्रतिशत मात्र राजश्व असुली भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार