• होमपेज
  • मनोरञ्जन
  • ‘बाहुबली’की ‘देवसेना’ ३६ लागिन् : उनका ५ उत्कृष्ट सिनेमाहरु

‘बाहुबली’की ‘देवसेना’ ३६ लागिन् : उनका ५ उत्कृष्ट सिनेमाहरु

  • मङ्लबार, कार्तिक २१, २०७४
‘बाहुबली’की ‘देवसेना’ ३६ लागिन्  : उनका ५ उत्कृष्ट सिनेमाहरु

एजेन्सी,कार्तिक २१-

उमेर बढेसँगै पर्दामा दक्षिण भारतीय अभिनेत्री अनुष्का शर्मा अझ निखारिँदै गएकी छिन्। मंगलबारबाट ‘बाहुबली’की यी ‘देवसेना’ ३६ वर्ष लागेकी छन्। ढल्कँदो उमेरमा पनि अनुष्का आफ्ना फ्यानहरूको संख्या बढाउन सफल भइरहेकी छन्। फिल्मी करिअरको एक दशकमै उनी त्यस्ती अभिनेत्री बनेकी छन् जो आफ्ना समकालीन पुरूष कलाकार जत्तिकै चर्चित छिन्।

बैंगलुरूमा जन्मिएकी यी अभिनेत्री सन् २००५ मा सिल्भर स्क्रिनमा पहिलो पटक आएकी थिइन्। फिल्ममा प्रवेशसँगै उनी तमिल र तेलेगु भाषाका फिल्मका दर्शकको नजरमा परिन्। कन्नड भाषामा पोख्त अनुष्काको कन्नड फिल्म उद्योगमा भने डेब्यु भएको छैन।

‘बाहुबली’बाट अनुष्काले सफलताको नयाँ उचाइ थपिन्। ‘देवसेना’ चरित्रमा उनले गरेको अभिनय र ‘बाहुबली’ बनेका प्रभाससँगको सिल्भर रसायनले उनका प्रशंसकहरू विश्वव्यापी रूपमा बढे। उनको पोल्टामा ठूला पुरूष स्टारहरूसँगको ब्लकबस्टर सिनेमासँगै सोलो ब्लकबस्टरहरू पनि छन्। उनले फिल्महरूमा यादगार भूमिका निर्वाह गरेकी छन् जसमध्येका उत्कृष्ट

५ सिनेमा यस्ता छन्:

१. अरून्धती: यस फिल्मले उनलाई सिने उद्योगमा शक्तिशाली कलाकारका रूपमा स्थापित गर्‍यो। यो हरर सिनेमाले बक्सअफिसमा ब्लकबस्टर कमाइसँगै दैवीशक्तीय थ्रिलर सिनेमाका लागि मार्ग प्रशस्त गर्‍यो। निर्माता/निर्देशकले अरून्धतीमाथि आफ्नै शैलीमा अन्य फिल्म बनाए पनि अनुष्काको फिल्म जस्तो सफलता हासिल गर्न सकेनन्।

२. बेदाम: समकालीन महिला कलाकारले यो फिल्मको भूमिका गर्नका लागि हिम्मत जुटाउँदैन थिए होलान् तर अनुष्का पछि हटिनन्। उनले खतरा मोलिन्। महिला यौनकर्मीको भूमिका निर्वाह गरेको सन् २०१० को यो तेलगु सिनेमाले प्रशस्त तारिफ बटुल्यो। उनको अभिनयले गतिलो छाप छोड्यो। उनको प्रभावशाली कामको नतिजा स्वरूप फिल्मको तमिल भाषामा रिमेकसमेत बन्यो। उनको यो कामले एकात्मक शैलीमा पनि चुनौति दिन पछि नपर्ने अभिनेत्रीका रूपमा पनि उनलाई स्थापित गरायो।

३. बिल्ला: सन् २००७ को यो तमिल रिमेक फिल्ममा उनले आफ्नो भाइको हत्याको बदला लिने खतरनाक केटीका रूपमा अभिनय गरिन्। ‘बाहुबली’ फिल्म सिरिजअघि प्रभाससँग उनले यसै फिल्मबाट पर्दामा आफ्नो जादु छर्न सफल भएकी थिइन्। फिल्ममा उनी अल्ट्रा ग्ल्यामरस भूमिकामा देखिएकी थिइन्।

४. इंजी इदुपापाहगी: अनुष्काले यो फिल्मबाट आफूलाई हिम्मतिली अभिनेत्रीका रूपमा पेस गरिन्। फिल्मका अधिकाशं हिरोइन आफूलाई पर्दामा सँधै फिट एन्ड फाइन भूमिकामा पेस गर्न रूचाउँछन् तर अनुष्काले ती सब मान्यताबाट अगाडि सर्दै फिल्मका लागि २० किलो वजन बढाइन्। फिल्मबाट उनले सबैलाई आश्चर्यमा पारिन्। उनले यो फिल्मबाट हिरोइनहरू जुनसुकै अवतारमा पर्दामा पेस हुन सक्छन् भनेर पुष्टि गरिन्।

५. देवा थिरुमगल: एएल विजय निर्देशित यो फिल्ममा अनुष्का एक रोचक वकिल पात्रको भूमिकामा छिन्। ‘आए एम स्याम’ फिल्ममा आधारित यो फिल्ममा उनले मानसिक रूपमा विकलाङ्ग एक पितालाई उनकी छोरीसँग मिलाप गराउने भूमिका निभाएकी छिन्। फिल्ममा चियान विक्रम मुख्य भूमिकामा थिए। फिल्मबाट अनुष्काले गतिलो तारिफ बटुलिन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि