• होमपेज
  • देश
  • पर्सा निकुञ्जका जनावर असुरक्षित

पर्सा निकुञ्जका जनावर असुरक्षित

  • मङ्लबार, कार्तिक २१, २०७४
पर्सा निकुञ्जका जनावर असुरक्षित

वीरगञ्ज,कार्तिक २१ –

जैविक विविधताले भरिएको पर्सा राष्ट्रिय निकुञ्जमा रहेका लोपोन्मुख जनावर असुरक्षित रहेका छन् ।

हिँड्न सुरक्षित तथा छुट्टै बाटो नभएकाले आवतजावत गर्ने क्रममा सवारीसाधनको ठक्करबाट जनावर मर्ने क्रम बढ्दै गएको छ । निकुञ्जभित्र हुने काठ चोरी निकासी, उद्योगबाट निष्कने धुँवाले जनावरलाई असर पारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले राससलाई बताउनुभयो ।

अघिल्लो वर्ष सवारीसाधनको ठक्करबाट निकुञ्जभित्र रहेका ११ जनावर मरेका थिए । “जनावर संरक्षण गर्न निकुञ्जमाथि ठूलो चुनौती थपिएको छ,” उहाँले भन्नुभयो । जनावर हिँड्ने सुरक्षित बाटोको अभावमा यस्ता घटनामा वृद्धि हुँदै गएको आचार्य बताउनुहुन्छ ।

छसय २७.३९ वर्गकिलोमिटरमा फैलिएको निकुञ्जको पूर्वमा धार्मिक रंतपुरी जंगल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजोन र दक्षिणमा निर्मलवस्ती र सुर्वणपुर रहेको छ । पर्यटकीय दृष्टीकोणले अति महत्वपूर्ण रहेको सो निकुञ्जमा बाघ, हात्ती, गैँडा, चौँरीगाई, मृगलगायत जनावर रहेका छन् । यहाँ वार्षिक दुई हजारभन्दा बढी बाह्य पर्यटक आउने गरेका छन् ।

निकुञ्जभित्र रहेको धार्मिक आस्थाको प्रतीक हलखोरीया दह, कामिनीदह, मायादेवी मन्दिर, कुलेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्नसके यसले आन्तरिक तथा बाह्य पर्यटनमा थप टेवा पुग्ने देखिन्छ । सुख्खा ठाउँ भएकाले निकुञ्जमा आगलागी, जनावरका लागि पानीको समस्या, काठ तस्करी नियन्त्रणको समस्या, वन्यजन्तु र मानवबीचको द्वन्द्व, हात्तीले मानवीय क्षति पु¥याउने, बाघ चितुवाले छेउछाउको बस्तीमा गएर चौपाया मार्ने, ढुंगा, गिट्टी, बालुवा, चोरी निकासीजस्ता चुनौती निकुञ्जमाथि थपिँदै गएको छ ।

अवैध चोरी शिकारी रोक्न निकुञ्जभित्र सिसिटिभी क्यामरा जडान गरिए पनि चोरी निकासी रोकिएको छैन । पथलैया–अमलेखगञ्जसम्म निकुञ्जको बीचमा नौ किलोमिटर कालोपत्र सडक रहेको छ । सो सडक भएर सवारीसाधन आवतजावत गर्ने र त्यही सडक भएर निकुञ्जका जनावर ओहरदोहर गर्ने हुँदा जनावरको सुुरक्षामा जटिल समस्या देखिएको निकुञ्जले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)