• होमपेज
  • Uncategorized
  • हरुवाचरुवाका ७५ बालबालिकालाई छात्रवृत्ति

हरुवाचरुवाका ७५ बालबालिकालाई छात्रवृत्ति

  • मङ्लबार, कार्तिक २१, २०७४
हरुवाचरुवाका ७५ बालबालिकालाई छात्रवृत्ति

लहान,कार्तिक २१ –

हरुवाचरुवाका बालबालिकालाई सिरहाको लहान नगरपालिकामा सोमबार छात्रवृत्ति वितरण गरिएको छ ।

हरुवाचरुवाका क्षेत्रमा काम गर्दै आइरहेको दलित संरक्षण अभियान मञ्चले दलित समुदायअन्तर्गत मुसहर र चमार जातिका विद्यार्थीलाई प्रतिविद्यार्थी रु एक हजारको दरले छात्रवृत्तिस्वरुप शैक्षिक सामग्री वितरण गरेको कार्यक्रम संयोजक सूर्यनारायण रामले जानकारी दिनुभयो । लहान नगरपालिका १३ र १४ टोल बस्तीपुरस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत मुसहर र राम समुदायका ७५ बालबालिकालाई कापीकलम, कटर, इरेजर र विद्यालय पोशाक वितरण गरिएको थियो । – रासस

Facebook Comments

सम्बन्धित समाचार