• होमपेज
  • देश
  • १०३ जना विद्यार्थी कारवाहीमा

१०३ जना विद्यार्थी कारवाहीमा

  • मङ्लबार, कार्तिक २१, २०७४
१०३ जना विद्यार्थी कारवाहीमा

ललितपुर,कार्तिक २१ –

ललितपुर ट्राफिक प्रहरीले मंगलबार बिहान गरेको आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परेका छन् । सवारी दुर्घटनामा विद्यार्थीको बढ्दो संख्या नियन्त्रण गर्न महाशाखाका प्रमुख सर्वेन्द्र खनालको निर्देशन बमोजिम मंगलबार विद्यार्थी केन्द्रित गरेर ललितपुरको मानभवन र कुमारीपाटी क्षेत्रमा बिहान एक घन्टा आकस्मिक चेकिङ गरेको थियो।
जसमा कलेज हिँडेका २ सय विद्यार्थीसँग सवारी चालक अनुमति पत्र माग्दा १०३ सँग चालक अनुमति पत्र नभएको फेला परेको थियो। महाशाखा प्रमुख खनालका अनुसार सवारी दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरुमा विद्यार्थीको संख्या बढी देखिएपछि उनीहरुलाई केन्द्रित गरी विशेष कारबाही शुरू गरिएको हो।

मंगलबार बिहान ललितपुरको मानभवन, कुमारीपाटी र जावलाखेल क्षेत्रबाट ट्राफिक प्रहरीले विना कागजपत्र चलाउने, तिब्र गतिमा कुदाँउने, स्पस्ट नम्बर प्लेट नभएका, स्वरूप परिवर्तन गरेर बाइक चलाउनेलाई नियन्त्रणमा लिएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सिताराम हाथेछुले जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा