• होमपेज
  • देश
  • सानो भर्‍याङमा माइक्रोबसले ठक्कर दिँदा सैनिक हवल्दारसहित दुई जना घाइते

सानो भर्‍याङमा माइक्रोबसले ठक्कर दिँदा सैनिक हवल्दारसहित दुई जना घाइते

  • मङ्लबार, कार्तिक २१, २०७४
सानो भर्‍याङमा माइक्रोबसले ठक्कर दिँदा सैनिक हवल्दारसहित दुई जना घाइते

काठमाडौं,कार्तिक २१ –

काठमाडौंको स्वयम्भूस्थित सानो भर्‍याङमा माइक्रोबसले ठक्कर दिँदा सैनिक हवल्दारसहित दुई जना घाइते भएका छन् । गएराति ग १ ख २९८१ नम्बरको माइक्रोले बा ३६ प ६५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।

राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर २ घर भई हाल युद्ध भैरव गणमा कार्यारत सैनिक हवल्दार केशव बुढाथोकी र मोटरसाइकलको पछाडि सवार प्रकाश बुढाथोकी रहेका घाइते भएका छन्। घाइते दुवैको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न माइक्रोसहित चालकलाई स्वयम्भू प्रहरीले नियन्त्रणमा लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा