• होमपेज
  • समाचार
  • सुनसरीमा भारतीय ट्रकको ठक्करबाट रामकुमारको मृत्यु

सुनसरीमा भारतीय ट्रकको ठक्करबाट रामकुमारको मृत्यु

  • मङ्लबार, कार्तिक २१, २०७४
सुनसरीमा भारतीय ट्रकको ठक्करबाट रामकुमारको मृत्यु

इनरुवा,कार्तिक २१ –

सुनसरीको भोक्राहा गाउँपालिका–४ मा सोमबार साँझ भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोक्राहा गाउँपालिका–१ का रामकुमार बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिबी ०५ वाई ९९२९ नंको भारतीय ट्रकले सोही दिशाबाट जाँदै गरेको को ११ प १६९५ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार रामकुमारको मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार एकजना घाइते भएका छन् । घाइते हुनेमा स्थानीयवासी डिल्ली बुढाथोकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने ठक्कर दिने सवारी प्रहरीको नियन्त्रणमा रहेको जिप्रका सुनसरीले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार