• होमपेज
  • Uncategorized
  • विक्रम पाण्डेले भनेः प्रचण्ड जी हावादारी कुरा गर्न छाड्नुहोस् !

विक्रम पाण्डेले भनेः प्रचण्ड जी हावादारी कुरा गर्न छाड्नुहोस् !

  • मङ्लबार, कार्तिक २१, २०७४
विक्रम पाण्डेले भनेः प्रचण्ड जी हावादारी कुरा गर्न छाड्नुहोस् !

चितवन,कार्तिक २१-

बन तथा भु—संरक्षण मन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुन्जमा सुरुङ मार्ग र आकाशे पुल बनाउछु भन्नु प्रचण्डका आकाशे कुरा भएको वताउनुभएको छ । आज भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै पाण्डेले चितवन निकुन्जमा तत्काल सुरुङ मार्ग वा आकाशे पुल बनाउन सम्भव नरहेको वताउनु भयो । “प्रचण्डलाई भाषण मात्र गर्न आउछ, विकाश गर्न आउँदैन्,राप्रपा उपाध्यक्ष समेत रहनुभएका मन्त्री पाण्डेले भन्नुभयो, निकुन्जमा सुरुङमार्ग बनाउन धेरै वर्ष लाग्छ, त्यहाँ खर्च हुने पैसाले सिंगो चितवन जिल्लाको विकाश गर्न पुग्छ ।”

पाण्डेले निकुन्जमा एकवर्षभित्र पिच निर्माण सुरु गर्न लागेको भन्दै प्रचण्डले कहिलदेखी सुरुङमार्ग बनाउन लाग्नुहुन्छ हेर्न आत्तुर रहेको वताउनु भयो । प्रचण्डले चितवनको विकास गर्छु भन्नु रोल्पा र सिराहामा विकाश गर्छु भनेजस्तै त होला नि ? भन्दै पाण्डेले प्रश्न गर्नुभयो । कस्ले विकाश निर्माण गर्छ,प्रचण्डले के गरे र के गर्दैछन् भन्ने चितवनका जनतालाई प्रष्ट थाहा भएको पाण्डेको भनाई छ । उहांले चितवन ३ बाट कुनै हालतमा चुनाव नहार्ने भन्दै अर्र्को पटक प्रचण्ड अन्य जिल्लावाट चुनाव लड्ने स्थिती आउने दावी गर्नुभयो ।

पाण्डेले माडीको विकासका लागी जडिवुटी उद्योग र इजरायली मोडेलको कृषी प्रणालीको सुरुवात गरिने समेत वताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार