• होमपेज
  • समाचार
  • सिटिजन्स बैंकको ६५ औं शाखा झापाको हल्दिबारीमा

सिटिजन्स बैंकको ६५ औं शाखा झापाको हल्दिबारीमा

  • सोमवार, कार्तिक २०, २०७४
सिटिजन्स बैंकको ६५ औं शाखा झापाको हल्दिबारीमा

काठमाडौं,कार्तिक २०-

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५ औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएको छ । आज कार्तिक २० गते बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई देशैभरी फैलिएका ६५ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहक वर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए।टि।एम। कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले श्री लक्ष्मी माध्यमिक विद्यालय र श्री सान्ती प्राथामिक विद्यालयलाई १÷१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटा र हल्दिबारी गाँउपालिका अध्यक्ष रविन्द्र लिङदेनले संयुक्त रूपमा गरेका हुन् ।

उक्त शाखाका इन्चार्ज दुर्गा बहादुर कार्कीले यस क्षेत्रमा कृषि कर्जा , पशु पालन, चियाखेती तथा अन्य व्यवसायिक क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको जानकारी दिए ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले ,महोतरीको औरही र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राजपोखरलले जानकारी गराए ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा