• होमपेज
  • Uncategorized
  • वाम गठबन्धनले आजदेखि उपत्यकामा एकीकृत चुनावी अभियान सञ्चालन गर्दै

वाम गठबन्धनले आजदेखि उपत्यकामा एकीकृत चुनावी अभियान सञ्चालन गर्दै

  • शनिबार, कार्तिक १८, २०७४
वाम गठबन्धनले आजदेखि उपत्यकामा एकीकृत चुनावी अभियान सञ्चालन गर्दै

काठमाडौँ,कार्तिक १८ –

पार्टी एकताको लक्ष्यसहित बृहत् चुनावी गठबन्धन गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकामा संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने भएका छन्।

शनिबारदेखि नै संयुक्त रुपमा त्यस्तो चुनावी अभियान सञ्चालन गर्न लागिएको गठबन्धनले जनाएको छ। संयुक्त चुनावी अभियान चलाउने विषयमा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले शुक्रबार निर्वाचन क्षेत्र नं ५ मा आयोजना गरिएको चुनाव प्रचार अभियानमा समेत सो कुराको खुलासा गरेका हुन्। महासचिव पोखरेलले निर्वाचनमा प्रगतिशील र जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन एकीकृत अभियान सञ्चालन गर्ने जानकारी दिए।

काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा दुवै पार्टीका शीर्ष नेतालाई सहभागी गराएर निर्वाचन अभियान सञ्चालन गरिने गठबन्धनले जनाएको छ। नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले एकीकृत तथा विकेन्द्रित रुपमा निर्वाचन अभियान सञ्चालन गर्न तयारी भइरहेको बताए। वाम गठबन्धनले काठमाडौँ उपत्यकाका १५ मध्ये १० निर्वाचन क्षेत्रमा एमालेले तथा पाँच निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएका छन्।

वाम गठबन्धनले संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन गर्ने जनाइएको छ। निर्वाचन अभियानमा विगतमा वामपन्थी नेतृत्वको सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम, मतदाताले किन वामपन्थी गठबन्धलाई मत दिनेलगायत विषय समावेश गर्ने तयारी गरिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि