• होमपेज
  • समाचार
  • थ्रेसरमा परेर चितवनमा एक मजदुरको मृत्यु

थ्रेसरमा परेर चितवनमा एक मजदुरको मृत्यु

  • शनिबार, कार्तिक १८, २०७४
थ्रेसरमा परेर चितवनमा एक मजदुरको मृत्यु

चितवन,कार्तिक १८-

धान झार्ने क्रममा थ्रेसरमा बेरिएर शुक्रबार चितवनको रत्ननगरमा एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका– १५ स्थित माधवपुरमा नारायण न्यौपानेको खेतमा धान झार्दै गर्दा थ्रेसरमा परेर शुक्रबार अपराह्न तीन बजे मजदुरको मृत्यु भएको हो। उक्त घटनामा परी कालिका नगरपालिका– ६ बस्ने २९ वर्षका तपनबहादुर थापामगरको ज्यान गएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।

धान झार्ने क्रममा एक्कासि कपडा मेसिनमा बेरिँदा उक्त घटना भएको प्रहरीले जनाएको छ। उनको शवलाई अहिले भरतपुर अस्पताल ल्याउनका लागि प्रहरीको टोली घटनास्थलमा पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शर्माले बताए।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)