• होमपेज
  • Uncategorized
  • चितवनमा आजदेखी पोल्ट्री तथा लाइभस्टक अन्तर्रािष्ट्रय प्रदर्शनी सुरु

चितवनमा आजदेखी पोल्ट्री तथा लाइभस्टक अन्तर्रािष्ट्रय प्रदर्शनी सुरु

  • शुक्रबार, कार्तिक १७, २०७४
चितवनमा आजदेखी पोल्ट्री तथा लाइभस्टक अन्तर्रािष्ट्रय प्रदर्शनी सुरु

चितवन,कार्तिक १७-

चितवनमा आजदेखी पोल्ट्री तथा लाइभस्टक अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ । भरतपुरको निर्माणाधिन एक्पो सेन्टरमा आयोजित प्रदर्शनीको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नुभयो । १९ गतेसम्म संचालन हुने प्रर्दशनीमा विभिन्न देशको पोल्ट्री तथा लाइभस्टकका १ सय ७० स्टल रहेका छन् । स्टलमा नविनतम प्रविधी रहनुका साथै पोल्ट्री तथा लाइभस्टकसँग सम्बन्धित सेमिनार पनि आयोजना गरिएको छ ।

प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, ताइवान, इटली, इजराइल, बंगलादेश, लगायत देशबाट पोल्ट्री तथा लाइभस्टक कम्पनीहरुको उपस्थिती रहेको छ । कुखुरापालन तथा पशुपन्छीको क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो महोत्सव रहेको महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट बताउनुभयो । उहांले पोल्ट्री तथा लाइभस्टक क्षेत्रको समग्र र अत्याधुनिक परिवर्तनका साथै व्यावसायिक रूपमा विकास गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधी, फिड सप्लिमेन्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, वंगुरपालन उद्योग, मत्स्यपालन उद्योग र मासुजन्य उद्योगसम्बन्धी स्टाल राख्ने व्यवस्था गरिएको छ । प्रदर्शनीमा २५ देखि ३० हजार व्यवसायी एवंं सर्वसाधारण अवलोकनका लागि आउने अनुमान गरिएको छ । प्रदर्शनीका लागि करिब ५०० विदेशी यहाँ आएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि