चितवन,कार्तिक १७-
भरतपुर ५ कैलाशनगरका युवा सुनिल कुमार क्षेत्रीले चितवन ३ बाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । यसअघि माओवादी र राप्रपामा रहेर काम गरेका युवा क्षेत्रीले यसपटक स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । उनी स्थानिय तहको निर्वाचनमा भरतपुर ५ मा राप्रपाको तर्फवाट बडा अध्यक्षमा उम्मेद्वारी दिएका थिए । जनताको काम गर्न राजनैतिक पार्टीमा नै बस्न नपर्नै भएका कारण स्वतन्त्र उम्मेद्वारी दिएको उनले वताए । उनले चितवन ३ का जनतामा आफु परिचित रहेका कारण भोट दिने वताए ।