• होमपेज
  • समाचार
  • कम्युनिष्ट एक हुनै लाग्दा मदन मण्डारीको हत्या भयोः प्रचण्ड

कम्युनिष्ट एक हुनै लाग्दा मदन मण्डारीको हत्या भयोः प्रचण्ड

  • बिहिबार, कार्तिक १६, २०७४
कम्युनिष्ट एक हुनै लाग्दा मदन मण्डारीको हत्या भयोः प्रचण्ड

चितवन,कार्तिक १६-

मदन भण्डारीसँग कम्युनिष्ट एक हुने छलफलको लागि भेट गर्न ८ दिन मात्र बाँकी हुँदा उनको हत्या गरिएको माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले खुलासा गरेका छन्।

उम्मेद्वारी दर्ता पछि  चुनावी सभालार्इ सम्बोधन गर्दै प्रचण्डले मदन भण्डारी र आफु भेटगर्ने समय जेठ ११ गते जुरेको र भण्डारीको हत्या जेठ ३ गते भएको खुलासा गरेका हुन्।

जेठ ३ गते उहाँको हत्या भयो, जेठ ११ गते नपालको कम्युनिष्ट आन्दोलनलार्इ एकतावद्ध गर्नुपर्छ भन्ने विषयमा मदन भण्डारी र मेरो बिचमा रातभरी बसेर छलफल गर्ने समय तय गरिएको थियोु प्रचण्डले भने, मदन भण्डारी पनि परम्परागत ढंगले बस्न नचाहने नेता हुन्।

त्यो बेला मदन भण्डारी जस्तो जीवनमा केही दिएर जानुपर्छ भन्ने सोच राख्ने एउटा गतिशिल नेताको उदय र आफु पनि नयाँ ढंगले समाजलार्इ बदल्ने सोच राख्ने नेता भएकाले भण्डारीले एमालेको नेतृत्व गरेकाले र आफुले दुर्इ-चारवटा घटक मिलाएर एउटा क्रन्तिकारी पार्टी बनाएर नेपालका सम्पूर्ण कम्युनिष्ट एक हुने कुरा चलेको प्रचण्डले बताएका छन्।

Facebook Comments

सम्बन्धित समाचार