• होमपेज
  • समाचार
  • नवलपुरबाट शशांक कोइराला सहित १३ दलले गरे उम्मेदवारी दर्ता

नवलपुरबाट शशांक कोइराला सहित १३ दलले गरे उम्मेदवारी दर्ता

  • बिहिबार, कार्तिक १६, २०७४
नवलपुरबाट शशांक कोइराला सहित १३ दलले गरे उम्मेदवारी दर्ता

ज्ञानु पंगेनी

नवलपरासाी,कार्तिक १६-

नवलपरासीमा मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि मनोनय दर्ता शान्तीपुर्वक भएको छ ।

नवलपुरमा नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयां शक्ति पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक, मंगल नेशनल अर्गनाइजेशन, राष्टिय जनमोर्चा नेपाल, रााष्टिय जनमुक्त पार्टी, विवेकशिल साझा पार्टी, शिवसेना पार्टी, जनसमाजपार्टी नेपाल लगायत १३ दलले उम्मेद्वार दिएको छ ।

नेपाली कांग्रेसबाट नवलपुरको प्रतिनिधि सभा १ मा महामन्त्री डा। शशांक कोइराला, प्रतिनिधि सभा २ बाट विष्णु कार्कीले उम्मेदवारी दिएका छन ।

त्यस्तै नेपाली कांग्रेसबाट प्रदेश सभा नवलपुरको १ क बाट पूर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, १ ख बाट पूर्व सभासद् महेन्द्रध्वज जिसी, २ क बाट नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णुप्रसाद लामिछाने र २ ख बाट गणेशमान महतोले उम्मेदवारी दिएका छन् ।
त्यस्तै वाम गठबन्धनबाट नवलपुरको प्रतिनिधि सभा १ मा नेकपा माओवादीका पोलिटव्युरो सदस्य भविश्वर पराजुली, २ मा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य तिलक महतले उम्मेदवारी दिउका छन ।

त्यस्तै प्रदेश सभामा नवलपुर १ क मा माओवादी केन्द्रका सूर्य न्यौपाने, १ ख मा नेकपा एमाले नवलपुरका अध्यक्ष एवम् पूर्व सभासद रोशनबहादुर गाहा, नवलपुर २ क मा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किसान शर्मा गैरे, २ ख मा नेकपा एमालेका जनकलाल श्रेष्ठले उम्मेद्वारी दिएका छन ।

ठूला तथा केही साना दलले बाजागाजा सहित नवलपरासीको कावासोतीमा रहेको खानेपानी सभाहलमा रहेको मुख्य निर्वाचनअधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वार दर्ता गर्न आएका थिए ।

देशभक्त जनगणतान्त्रिक मोर्चाद्धारा पनि उम्मेदवारी दर्ता

नवलपरासीमा मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पनि चुनावमा उम्मेदवारी दिएको छ । क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत चुनावमा सहभागी भएको हो ।

प्रदेश नम्बर ५ परासीको प्रतिनिधिसभा १ बाट रामचन्द्र पोखरेल र १ बाट प्रेमलाल रिमालले उम्मेदवारी दिनुभएको मोर्चाका अध्यक्ष चुडामणि भण्डारीले जानकारी दिनुभयो । मोर्चाका चुनाव चिन्ह मुठठी रहेको छ ।

त्यस्तै प्रतिनिधिसभा १ क बाट सुर्यप्रसाद सापकोटा र ख बाट गुणनिधि उपाध्यायले उम्मेदवारी दिनुभएको थियो । मोर्चाको परासी जिल्लाबाट ४ जना समानुपातिक उम्मेदवार सहित ८ जना उम्मेदवार रहेका छन् । त्यस्तै देजमोबाट नवलपुरमा पनि उम्मेदवारी भएको छ । नवलपुर १ बाट पिताम्त्रर तिवारी र १ ख बाट मणि प्रसाद न्यौपानको उम्मेदवारी परेको छ ।

त्यस्तै पत्रकार नारायण पंगेनी प्रतिनिधिसभा १ बाटनवलपुर बाट उम्मेदवार हुनुभएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पंगेनी क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चा देजमोको आधिकारिक उम्मेदवार रहेका छन । आरुंङखोला निवासी पंगेनी काठमाण्डौमा पत्रकारितामा क्रियाशिल रहदै आएका छन । पंगेनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद तथा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष समेत हुन । त्यस्तै देजमोले प्रतिनिधिसभा १ ख बाट श्याम बहादुर कुमाललाई उम्मेदवारी परेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले जानकारी दिए । नवलपुर जिल्लामा देजमोबाट ६ जना सहित १० जना उम्मेदवार रहेका छन् ।

नया शक्तीबाट ६ स्थानमै उम्मेदवारी

नवलपरासीको बर्दघाट सुस्ता पूर्व जिल्ला अर्थात नवलपुर क्षेत्र नयां शक्ति पार्टीले पनि प्रतिनिधि सभा र प्रदेश सभाका ६ स्थानमै उम्मेदवारी दिएको छ ।

नयां शक्तिबाट प्रतिनिधि सभा १ मा व्यवसायी कृष्णप्रसाद गौतम र प्रतिनिधि सभा २ मा पिताम्बर महतोले उम्मेदवारी दिएका छन ।
त्यस्तै नयां शक्ति पार्टीबाट प्रदेश सभा १ क मा सरद खरेल, १ ख मा नयांशक्तिका प्रदेश ४ संयोजक रुद्र गुरुङ्ग, प्रदेश सभा नवलपुर २ क मा भोजबहादुर चौधरी, २ ख मा लोकबहादुर केसीले उम्मेदवारी दिएका छन ।

त्यसैगरी राष्टिय जनमुक्ति पार्टीबाट नवलपुर प्रतिनिधि सभा १ मा तिलक थापा मगर, २ मा सिंहबहादुर थापाले उम्मेदवारी दिएका छन ।
त्यस्तै राष्टिय जनमुक्ति पार्टीबाटै नवलपुर प्रदेश सभा १ क मा मनबहादुर लुंगेली, १ ख मा पदमाया गाहा मगर, २ क मा तिलबहादुर झेडी र २ ख मा मोहनसिंह बाकवलले उम्मेदवारी दिएका छन ।

जनमुक्ति पार्टीले पनि ६ स्थानमै उम्मेदवारी

जनमुक्ति पार्टीले पनि ६ स्थानमै उम्मेदवारी दिएको छ ।

त्यसैगरी विवेकशील साझापार्टीबाट नवलपुर प्रतिनिधि सभा १ मा हरिप्रसाद गौतम, प्रदेश सभा १ क मा भिमप्रसाद आचार्य र १ ख मा रामप्रसाद चापागाईले उममेदवारी दिनुभएको छ । विवेकशील साझा पार्टीले नवलपुर २ मा भने उम्मेदवारी दिएको छैन ।

त्यस्तैगरी नेकपा मालेको चुनाव चिन्ह लिने गरी जनसमाजपार्टी पार्टी नेपालले प्रतिनिधि सभा २ मा विष्णुप्रसाद बोटेलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै शिवसेना पार्टीले नवलपुर क्षेत्रको प्रदेश सभा २ ख बाट अञ्जना डल्लाकोटीलाई उम्मेदवार बनाएको छ ।स्तै कमल थापा नेतृत्वको राप्रपाबाट नवलपुर क्षेत्रको प्रदेश सभा १ क मा टेकहरी पौडेल, १ ख मा विष्णुप्रसाद केसी, २ क मा घनश्याम अधिकारी, २ ख मा कृष्ण दर्जीले उम्मेदवारी दिएका छन । त्यस्तै राप्रपा प्रजातान्त्रिकबाट नवलपुर क्षेत्रको प्रदेश सभा १ क मा सन्तोष थापा, १ ख मा रामबहादुर श्रेष्ठ, २ क मा नुनबहादुर आले, २ ख मा अर्जुनकुमार भुसालले उम्मेदवारी दिएका छन ।

त्यसैगरी नवलपुरमा राष्टिय जनमोर्र्चा, संघीय समाजवादी फोरम र मंगल नेशनल अर्गनाइजेशनले पनि उम्मेद्वारी दिएको छ ।राष्टिय जनमोर्चाबाट नवलपुर प्रतिनिधि सभा १ मा गोपाल गिरी, २ मा भागिरथ भट्टराइले उम्मेदवारी दिनुभएको छ । त्यस्तै नवलपुर प्रदेश सभा १ क मा चन्द्रदत्त सापकोटा, १ ख मा लालू खराल, २ क मा गिर बहादुर एम सी, २ ख मा टेकप्रसाद पोख्रेलले उम्मेदवारी दिएका छन ।

त्यस्तै संघीय समाजवादी फोरमबाट नवलपुर प्रदेश सभा १ क मा देवी गुरुड्ड, १ ख मा जसमति थापा, २ क मा फुलमाया पुर्जा मगर, २ ख मा बुद्धिबल थापाले उम्मेदवारी दिएका छन । त्यस्तै मंगलनेशनल अर्गनाइजेसनबाट नवलपुर प्रतिनिधि सभा क्षेत्र नंं १ मा कुमार गुरु, प्रदेश सभा १ क मा रुपमबहादुर लामिछाने मगर, १ ख मा तामबहादुर थापाले उम्मेदवारी दिएका छन ।

Facebook Comments

सम्बन्धित समाचार