• होमपेज
  • समाचार
  • परासी क्षेत्र नम्बर १ मा त्रिपाठी र कलवार भिड्दैं

परासी क्षेत्र नम्बर १ मा त्रिपाठी र कलवार भिड्दैं

  • बिहिबार, कार्तिक १६, २०७४
परासी क्षेत्र नम्बर १ मा त्रिपाठी र कलवार भिड्दैं

ज्ञानु पंगेनी

नवलपरासी ,कार्तिक १६-

प्रदेश नम्बर ५ अन्तर्रगत बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा उम्मेदवारहरुले बाजा गाजा र हर्षाउल्लासका साथ प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्ता गराएका छन् ।

दलहरुले शक्ति प्रर्दशन गर्दै परासीमा मनोनयन दर्ता गराएका थिए । दलहरुले परासीमा नगर परिक्रमा सहित सयौको संख्यामा सवारीसाधन परिचालन गरी उम्मेदवारी मनोनयन गराएका हुन । नेपाली काग्रेस , नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनले शक्ति प्रर्दशन गरेका थिए । उनीहरुले ¥याली बाजागाजा र झांकी समेत प्रर्दशन गरेका थिए ।

त्यस्तै संघीय समाजवादी फोरम , राप्रपा, क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी , राष्ट्रिय जनमोर्चा , बहुजन समाजवादी पार्टी, र विवेकशिल साझा पार्टी सहितका दलहरुले पनि उम्मेदवारी दर्ता उम्मेदवारी दर्ता गराउनका लागि दलबल सहित पुगेका थिए । त्यस्तै प्रतिनिधिसभा १ का निर्वाचन अधिकृत हरिशंकर ज्ञवालीका अनुसार क्षेत्र नम्बर १ मा ८ वटा दलको उम्मेदवार परेको छ ।

त्यस्तै जिल्लाको सुस्ता पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट देवकरण कल्वार सन्तुले मनोनयन दर्ता गराएका छन । बाम गठबन्धनबाट स्वतन्त्र राजनितिक समुहका नेता ह्ृदेश त्रिपाठीले मनोनयन दर्ता गराएका छन । नेता त्रिपाठी यस पटक एमालेसंग चुनावी तालमेल गरि सुर्य चुनाव चिन्ह लिएर चुनाव लड्दै छन् । त्यसैगरी बाम गठबन्धनका नेताहरुले बर्दघाटमा सम्बोधन गरेका थिए । त्यस्तै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले उम्मेदवारी दर्ता गराएका छन भने उनीसंग बाम गठबन्धनबाट माओबादी केन्द्रका नेता घनश्याम यादवको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा १ को प्रदेश नम्बर १ बाट कांग्रेसका पुर्व सांसद विक्रम खनालको उम्मेदवारी परेको छ ।

सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका दिपेन्द्र अधिकारी उम्मेद्वारीले उम्मेदवारी दर्ता गराएका छन । सोही क्षेत्रको प्रदेश नम्बर २ बाट कांग्रेसबाट मुकुल आचार्य र बाम गठबन्धनबाट अजय शाहीको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै प्रतिनिधि सभा २ को प्रदेश सभा १ बाट बाम गठबन्धनबाट एमालेका नेता एवं पुर्व सांसद बैजनाथ चौधरीको उम्मेदवारी दर्ता भएको छ कांग्रेसबाट गुणनिधि तिवारीको मनोनयन दर्ता भएको छ । सोही क्षेत्रको २ नम्बर प्रदेश सभाबाट कांग्रेसबाट बैजनाथ जयसवाल र बाम गठबन्धनबाट कन्हैया कोहारको उम्मेदवारी दर्ता भएको छ । जिल्लामा खास गरि नेपाली कांग्रेस र बाम गठबन्धनको कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यसैगरि प्रतिनिधि सभा १ का लागि राजपाबाट कसैको उम्मेदवारी परेको छैन ।

प्रतिनिधि सभा १ को प्रदेश –क बाट गुलाब चौधरी, प्रदेश – ख बाट अशरफ मिँयाको उम्मेदवारी परेको छ । भने प्रतिनिधि सभा २ का लागि राजपाबाट गोविन्द्र चौधरीको उम्मेदवारी भएको छ । यस क्षेत्रको प्रदेश –क बाट सत्रजित यादव र प्रदेश ख बाट नगेन्द्र अग्रहरीको उम्मेदवारी परेको छ ।त्यस्तै संघिय फोरम नेपालबाट प्रतिनिधि सभा १ का लागि नरेन्द्र गिरीको उम्मेदवारी परेको छ । सो क्षेत्रको प्रदेश क बाट जग्गन सहानी र प्रदेश ख बाट गंगाराम चौधरीको उम्मेदवारी परेको छ । त्यस्तै प्रतिनिधि सभा २ का लागि विरेन्द्र चौधरीको उम्मेदवारी भएको छ । यस क्षेत्रको प्रदेश क बाट मुन्नालाल गुप्ता र प्रदेश ख बाट रामबचन यादवको उम्मेदवारी छ ।

त्यस्तै नयँ शक्तिबाट प्रतिनिधि सभा १ का लागि बाबुराम हरिजन र सो क्षेत्रको प्रदेश क बाट यम बहादुर थापा र प्रदेश सभा ख बाट अशोक कुर्मीको उम्मेदवारी परेको छ । त्यस्तै प्रतिनिधि सभा २ का लागि चिनक कुर्मीको उम्मेदवारी परेको छ भने प्रदेश सभा क बाट राजेन्द्र रसाईली र प्रदेश सभा ख बाट रोहित सहानीको उम्मेदवारी परेको थियो । जिल्लाको सुस्ता पश्चिम परासी क्षेत्रमा १ सय २० मतदान स्थल र २ सय ५७ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा २ लाख ८ हजार २ सय ३७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार