• होमपेज
  • समाचार
  • एएफसी यू–१९ छनोट: नेपाल र बहराइन भिड्दै (लाइभ)

एएफसी यू–१९ छनोट: नेपाल र बहराइन भिड्दै (लाइभ)

  • बिहिबार, कार्तिक १६, २०७४
एएफसी यू–१९ छनोट:  नेपाल र बहराइन भिड्दै (लाइभ)

काठमाडौं,कार्तिक १६ –

किर्गिस्तानमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा अहिले बहराइनको सामना गरिरहेको छ । मंगलबार भएको पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २ – ० ले पराजित नेपाल दोस्रो खेल खेल्न बहराइनबिरुद्ध मैदान उत्रिएको हो ।

किर्गिस्तानको राजधानी बिस्केकमा भएको पहिलो खेलमा नेपालले पाएको केही मौका गुमाउँदा पराजित भएको हो । पहिलो खेलमा पराजित भएसँगै नेपालको दोस्रो चरण पुग्ने लक्ष्यमा समेत बाधा पुगेको थियो । तर, गत महिना भुटानमा सम्पन्न साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली युवा टोली दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । नेपालले गत असोजमा भारतलाई पराजित गर्दै साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको थियो ।

कठिन मानिएको ‘समूह ए’ मा रहेको नेपालले तेस्रो खेलमा कात्तिक १८ मा युएई र कात्तिक २२ मा ओमानसँग अन्तिम खेल खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार