• होमपेज
  • समाचार
  • गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण विष्टले दर्ता गराए उम्मेदवारी

गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण विष्टले दर्ता गराए उम्मेदवारी

  • बिहिबार, कार्तिक १६, २०७४
गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण विष्टले दर्ता गराए उम्मेदवारी

गुल्मी कात्तिक १५ –

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बामगठबन्धनले उम्मेदवार दर्ता गराएका छन् ।

प्रतिनिधि सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक नम्बर निर्वाचन क्षेत्रबाट एमालेका सचिव प्रदीप ज्ञवालीले उम्मेद्वारी दर्ता गराएका छन् । सोही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर दुईमा एमालेका सचिव गोकर्ण विष्ट र कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभातर्फ एकबाट सुदर्शन बराल र कमल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार