• होमपेज
  • समाचार
  • चितवनको सम्पन्नता दुईभाइको काँधमाः सुरेन्द्र पाण्डे

चितवनको सम्पन्नता दुईभाइको काँधमाः सुरेन्द्र पाण्डे

  • बिहिबार, कार्तिक १६, २०७४
चितवनको सम्पन्नता दुईभाइको काँधमाः सुरेन्द्र पाण्डे

चितवन,कार्तिक १६-

वाम गठबन्धनबाटै चितवन क्षेत्र नं १ मा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू पूर्व अर्थमन्त्री र दाहाल पूर्व प्रधानमन्त्री भएको भन्दै उहाँले चितवनको सम्पन्नता माथि उठाउने जिम्मेवारी दुईभाइको काँधमा आएको बताउनुभयो ।

वाम गठबन्धनले चितवन क्षेत्र नं १ सुरेन्द्र पाण्डे, २ कृष्णभक्त पोखरेल र ३ बाट पुष्पकमल दाहालको उम्मेदवारी दर्ता गराएको हो ।

त्यसैगरी प्रदेशतर्फ १ को ‘क’ बाट एमालेका दावा लामा, ‘ख’ बाट एमालेकै कृष्ण खनाल, क्षेत्र नं २ ‘क’ बाट माओवादी केन्द्रका घनश्याम दाहाल, ‘ख’ बाट एमालेका विजय सुवेदी र क्षेत्र नं ३ ‘क’ बाट एमालेका कृष्णप्रसाद भुर्तेल र ‘ख’ बाट माओवादी केन्द्रका रामलाल महतोले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार